News Category 2073/05/04
कार्यालय प्रमुखहरुले सूचना दिने लिखित प्रतिबद्धता जनाए
दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
सप्तरीका सरकारी कार्यालयका प्रमुखहरुले सूचना दिने भन्दै लिखित प्रतिबद्धता गरेका छन् ।
सूचनाको हक सम्बन्धी ऐनलाई लिएर शुक्रबार राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा बसेको बैठकमा कार्यालय प्रमुखहरुले सूचना दिने भन्दै लिखित प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सूचनाको हक सम्बन्धी ऐन अनुसार दिनुपर्ने हरेक सूचना प्रवाह गर्ने प्रतिबद्धता कार्यालय प्रमुखहरुले जनाउनुभयो । उहाँहरुले राष्ट्र, एकता, अनुसन्धानमा खलल पार्नेसहित ऐनले निर्दिष्ट गरे अनुसार नदिनेबाहेकका सबै सूचना दिने जानकारी दिनुभयो ।
राज्यका काम, कार्वाही लोकतान्त्रिक पद्धति अनुरुप खुल्ला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेबार बनाउन सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउने प्रतिबद्धता उहाँहरुको रहेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालयको अध्यक्षतामा बसेको बैठकमा सप्तरीका प्रायः सबै कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ