News Category 2073/05/04
सहिद सप्ताहमा निबन्ध प्रतियोगिता सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
संघिय समाजवादी फोरम नेपालले थालेको सहिद सप्ताह अन्तर्गत शुक्रवार सप्तरीको भारदहमा विद्यालयका बालबालिकाहरुका लागि निबन्ध प्रतियोगिताको आयोजना गरेको छ ।
तेश्रो मधेश आन्दोलनको एक वर्ष पुरा भएको अवसर पारेर समाजवादी विद्यार्थी फोरम सप्तरीले आयोजना गरेको उक्त निबन्ध प्रतियोगितामा भारदह स्थित ४ वटा विद्यालयका १० जनाको सहभागिता रहेको थियो ।
‘मधेश आन्दोलनमा बलिदानि र यसका उपलब्धी’ बिषयक निबन्ध प्रतियोगितामा इस्टर्न ज्योति इंग्लीश बोर्डिङ्ग स्कुलका अमित मिश्रले प्रथम स्थान हासिल गरे । त्यस्तै सरस्वती शिशु सदनका नितेश यादव दोश्रो तथा विपी मावि भारदहका आलोक मण्डलले तेश्रो स्थान हासिल गरेको समाजवादी विद्यार्थी फोरम सप्तरीका अध्यक्ष तारकेश्वर यादवले जानकारी गराए ।
प्रतियोगितामा शिशु कंकालनि स्कुल पोर्ताहाकी प्रिया यादव सान्तवना स्थान प्राप्त गर्न सफल रहिन । विजयी प्रतियोगिहरुलाई भदौ ५ गते भारदहमा आयोजना हुने विषेश कार्यक्रममा पुरस्कृत गरिने अध्यक्ष यादवले वताउनुभयो ।
उक्त अवसरमा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यहरु शैलेन्द्र प्रसाद साह, अशोक यादव, जिल्ला अध्यक्ष दिनेश यादव, क्षेत्रीय संयोजक सिताराम महतो, नवनित झालगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ