News Category 2073/05/06
संविधान त्रृटिपूर्ण रहेको प्रधानमन्त्रिले पनि स्वीकारे ः अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, ५ भदौं ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जारि मधेश आन्दोलन नरोकिएको वा कसैले नरोकाएको स्पष्ट पार्दै आन्दोलन अझै जारि नै रहेको बताउनु भएको छ ।
सप्तरीको भारदहमा आइतबार २०७२ भदौं १ गते मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका राजिव राउतको प्रथम श्रद्धाञ्जली सभामा आयोजित सहिद स्मृति सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
फोरम नेपाल सप्तरी क्षेत्र नं. २ द्वारा आयोजित सो स्मृति सभामा उहाँले संसारका विभिन्न मुलुकले नेपालको संविधान संशोधन गर्नुपर्ने बताउँदै आए पनि ओली सरकारले कसैको कुरा नसुनेकाले सरकार ढाल्न मोर्चाले अहम भूमिका निर्वाहा गरेको दाबी गर्नुभयो । उहाँले वर्तमान प्रचाण्ड नेतृत्वको सरकारले आफूहरुको माग सम्बोधन गर्ने सहमति गरे अनुसार नै सरकारलाई बाहिरबाट सहयोग गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचण्डले पनि अहिलेको संविधान त्रृटिपूर्ण रहेकोले यसलाई संशोधन गर्ने कुरा सार्वजनिक रुपमै स्विकार गरिसकेको जिकिर गर्नुभयो ।
उहाँले गलत, त्रृटिपूर्ण र मधेश विरोधी संविधानलाई पुर्नलेखन वा संशोधन जे गरेर भएपनि मधेशी, आदिवासी, दलित, मुश्लिम लगायतको अधिकारलाई संविधानमा समावेश गर्नुपर्ने माग गर्नुभयो ।
सो स्मृति सभामा मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारजन र घाइते भएकाहरुलाई अध्यक्ष यादवले सम्मानित गर्नुभयो । सोही सभामा विभिन्न पार्टी परित्याग गरि सय भन्दा बढी व्यक्ति फोरम नेपालमा प्रवेश समेत गरेका छन् । सभा अघि राजविराजदेखी भारदहसम्म मोटरसाइकल ¥याली समेत निकालिएको थियो । सभामा फोरम नेपालीकी उपाध्यक्ष एवं मधेश प्रमुख रेणुकुमारी यादव, पार्टीका मधेश मुख्य सचिव शम्भु झा, केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह लागयतले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ