News Category 2073/05/07
झिंगा भन्केको मासु खादै नगरवासीहरु
दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
संयुक्त बजार अनुगमन टोलीले सोमबार सप्तरीको राजविराजस्थित विभिन्न मासु पसलहरुको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा टोलीले डुम केमिकल प्रयोग गरी भुईमा राखेर बेच्दै गरेको तयारी कुखुराको मासु १८ थान र २ किलो खसीको मासु बरामद गरी नष्ट गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत प्रेम कुमार उपाध्यायको नेतृत्वमा खटिएको अनुगमन टोलीले राजविराजस्थित सावन खड्गी मासु पसल, अशोक सरबरिया मासु पसल, कृष्ण श्रेष्ठ मासु पसल, सावित्री देवी सरबरिया मासु पसल, राजु भुजेल मासु पसल, राज कुमार साह मासु पसल, एभरेष्ट फ्रेस मिट हाउस, रमेश सरबरिया मासु पसल लगायतका पसलहरुमा अनुगमन गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा.काशीनाथ यादवको सक्रियतामा गरिएको सो अनुगमन टोलीमा क्षेत्रिय पशु निर्देशनालय विराटनगरका डा.अशोक कुमार सिंह, बरिष्ठ पशु चिकित्सक होम बहादुर थापासहित राजविराज नगरपालिकाका अधिकृत विष्णु प्रसाद गुरुङ्ग, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राधाकृष्ण पोखरेल, खाद्यान्न निरीक्षण एकाई सप्तरीका सुरेश कुमार सिंह, उद्योग वाणिज्य संघका गौरी शंकर साह, राष्ट्रिय उपभोक्ता मंच नेपालका अध्यक्ष राज कुमार गुप्ता, जिल्ला जनस्वास्थ्य कार्यालयका राज कुमार महतो, पत्रकारद्वय वैजनाथ झा, शुभ नारायण यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका सई राम एकवाल यादव, नगरपालिकाका दिनेश प्रसाद साह, पशु कार्यालयका प्रमोद झा सहितकाहरुको उपस्थितिमा बजारको अनुगमन गरिएको हो ।
बजार अनुगमनको क्रममा राजविराज नगरभित्रमा मासु पसलहरुमा झिंगा भन्केको मासु बिक्रि गरिरहेको देखिएको थियो । यता मासु पसलका संचालकहरुले फ्रिजमा मासु राखेर बेच्दा बासी मासु भएको भन्दै उपभोक्ताले खरीद नगर्ने भएकोले बाहिरै मासु बिक्रि गर्ने गरेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ