News Category 2073/05/07
अवैध मदिरा उत्पादन गर्ने तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
प्रहरीले राजविराज ४ स्थित अवैध मदिरा उत्पादन तथा बिक्रि गर्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय राजबिराजका सई ब्रम्हदेव साहको कमाण्डमा खटिएको प्रहरी टोलीले राजबिराज ४ निवासी गंगा बास्तोला, सोही स्थान निवासी तारा मगर र वडा नं. ३ निवासी मिना सतारलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुको डेराबाट अबैध मदिरा उत्पादन गर्ने भाडाबर्तन सहित मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ५ सय केजी, तयारी मदिरा १५ लिटर साथै वडा नं. ३ निवासी मिना सतारको डेराबाट २ सय केजी कच्चा पदार्थ समेत बरामद गरेको जनाएको छ ।
यसैगरि प्रहरीले एक धान पसलमा चेकजाच गर्दा पेट्रोलियम पदार्थको समेत बिक्रि बितरण गरेको भन्दै पसल संचालकलाई पक्राउ गरेको छ ।
सप्तरीको बोरिया गाबिस वडा नं ७ घर भई हाल राजविराज नगरपालिका ६ मा धानको पसल गरी बस्ने बर्ष ३० को रन्जित दासले सोही पसलमा लुकाई छिपाई पेट्रोलियम पदार्थ बिक्रि गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पसलमा चेकजाँच गर्दा पेट्रोलियम पदार्थ राखी बढी मुल्यमा बिक्री गरिरहेको अवस्थामा २३ लिटर पेट्रोल सहित दासलाई पक्राउ गरी कालो बजारी ऐन अन्तर्गत कार्बाही शुरु गरिएको प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ