News Category 2073/05/08
जापानिज इन्सेफ्लाइटिसबाट एक बालकको ज्यान गएपछि सप्तरी प्रशासनको सक्रियता बढ्यो
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
सप्तरीमा एक जनाको बालकको जापानिज इन्सेफ्लाइटिस रोगका कारण ज्यान गएपछि अहिले स्थानिय प्रशासनले आफ्नो सक्रियता बढाएको छ ।
सुगुर, बंगुर, हास लगायतबाट लामखुट्टेका माध्यमबाट मानिसमा यो रोग सर्ने गरेको छ । सेतो जातको लामखुट्टेले टोकेपछि जापानिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्दछ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको अध्यक्षतामा मंगलबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकबाट १२ देखि २३ महिना उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा लगी जापानिज इन्सेफ्लाइटिस बिरुद्धको खोप लगाउन आग्रह गरिएको छ ।
बैठकले जापानिज इन्सेफ्लाइटिस सार्ने मच्छरले सुर्याेदय र सुर्यास्तको बेला टोक्ने भएकाले यस समयमा बालबालिका बढी प्रभावित हुनसक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाइदिन आग्रह समेत गरेको छ ।
यस्तै आफ्ना घर वरिपरीको खाल्डोमा पानी जम्न नदिन र एक हप्ताभित्र राजविराज नगरपालिका क्षेत्रभित्रका छाडा सुँगुर बँगुरहरुलाई आ–आफ्नो खोरभित्र राखेको नपाइएमा त्यस्ता छाडा सुँगुरलाई नष्ट गरिने निर्णय गरिएको छ ।
फोहोर फ्याँक्दा नगरपालिकाले राखेको ड्रममा मात्र फ्याँल्न आग्रह गर्दै पशु चौपायहरुलाई पनि बाहिर सडकमा नछाडन आग्रह गरेको छ । साथै त्यस्ता पशु चौपायलाई छाडा छाडेको पाइएमा त्यस्ता पशु चौपायालाई नियन्त्रणमा लिइने निर्णय गरेको छ ।
गर्मीको मौसममा बढी लामखुट्टे लाग्ने भए पनि वर्षैदेखि राजविराजसहित जिल्लाका ग्रामीण क्षेत्रमा लामखुट्टे मार्ने औषधि छर्किइएको पाइएको छैन भने सदरमुकाममै सुगुरको नियन्त्रण समेत हुन सकेको छैन ।
यसअघि जापानिज इन्सेफ्लाइटिस रोगका कारण राजविराज ९ तेतरी गाछी निवासी चन्द्रनारायण देवका १३ बर्षीय छोरा रमण देवको मृत्यु भएको हो । तीन सातादेखि धरानस्थित वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका उनको सोमबार बिहान मृत्यु भएको परिवारजनले जनाएको छ । उनी राजविराजस्थित लिटिल फ्लावर सेकेण्ड्री स्कुलको कक्षा ७ मा अध्ययन थिए ।
उनलाई करिब डेढ महिनाअघि सेतो जातको लामखुट्टेले टोकेको थियो । लामखुट्टेले टोकेपछि ज्वरो आउने, अंगहरुमा समस्या देखापर्न थालेको थियो । उनलाई उपचारका लागि धरान लगेपछि सेतो जातको लामखुट्टेले टोक्दा जापानिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ