News Category 2073/05/08
प्रहरीद्वारा अवैध घरेलु मदिरा बरामद
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
ईलाका प्रहरी कार्यालय कन्चनपुर र प्रहरी चौकी फत्तेपुरको संयुक्त प्रहरी टोलीले जिल्ला सप्तरी सप्तकोशी नपा १ स्थित फत्तेपुर बजारमा अवैध घरेलु मदिरा मंगलबार बरामद गरेको छ ।
प्रहरीले गोप्य सुचनाको आधारमा उत्पादन तथा बिक्रि बितरण गर्ने गरेको भन्दै चेकजाँच गर्दा अबैध रुपमा उत्पादन गरेको मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी आन्तरिक राजश्व कार्यालय लाहान सिरहामा बुझाईएको प्रहरीले जनाएको छ ।
प्रहरीको गस्ती टोलीले सप्तकोशी नपा १ बस्ने बिकास राईको पसलबाट मदिरा उत्पादन गर्ने भाडाहरु ड्रम ३ थान, माटोको भाडट १ सहित ६० केजी कच्चा पदार्थ, साबित्री गुरुङ सिल्भरको भाडा थान १ सहित ६० केजी कच्चा पदार्थ, त्यस्तै रिता गुरुङको प्लाष्टिकको ड्रम ८ थान सहित ८० केजी कच्चा पदार्थ बरामद गरिएको छ ।
यस्तै गोमा आलेमगरको सिल्भरको भाडा थान २, माटोको भाडा २ थान २५ केजी कच्चा पदार्थ र १६ लिटर तयारी रक्सी, सोही ठाउँका दुर्गा बहादुर श्रेष्ठको तामाको भाडा थान १, माटोको भाडा २ थान सहित ३० केजि कच्चा पदार्थ, सुभद्रादेवी पुलामी मगरको ड्रम ३, सिल्भरको भाडा थान १ थान, प्लाष्टिकको ड्रम ३ थान सहित ५० केजि कच्चा पदार्थ र सकुन्तला श्रेष्ठको सिल्भरको भाडा थान १, बाता थान १ सहित ८ लिटर तयारी रक्सी बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ