News Category 2073/05/09
विद्यार्थीहरुको विद्यालय र शिक्षकप्रति गुनासै गुनासो
दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
मुलुकमा सबैभन्दा बढी लगानी गर्ने क्षेत्र मध्ये एक हो शिक्षा । शिक्षा भनेको जुनसुकै उमेरका लागि चाहिने मन्त्र हो । तर, सप्तरीमा अहिले पनि शिक्षा क्षेत्रमा धेरै लापरवाही भएको गुनासो आएको छ ।
सबल नेपाल राजविराजको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा बुधबार राजविराजमा आयोजित बालबालिकाहरुका लागि सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि विभिन्न विद्यालयका विद्यार्थीहरुले उक्त गुनासो गरेका हुन् ।
विद्यार्थीहरुले विद्यालयमा शिक्षकहरुले पिट्ने गरेको, छात्रबृतीमा पुरा रकम दिने नगरेको, विषयहरु अनुसारको शिक्षक उपलब्ध नभएको, छात्राहरुका लागि छुट्टै शौचालयको व्यवस्था नभएको, गाविसमा बालबालिकालागि अझै पनि बजेट नछुट्याइएको लगायतका गुनासो गरेका छन् ।
सोही कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक भोगेन्द्र यादवले विद्यार्थीहरुको गुनासोलाई मनन् गर्दै दरबन्दीको अभावमा विषयगत शिक्षक उपलब्ध हुन नसक्नु, जिल्लाको अधिकांश विद्यालयहरुमा छात्राहरुका लागि छुट्टै शौचालयको व्यवस्था भएको र गरिब विद्यार्थीहरुका लागि दिइने छात्रबृतीको रकममा अनियमितता भए नभएको कुरा छानबिन गर्ने लगायतका गुनासोहरुको जवाफ दिनुभयो ।
उहाँले अहिले कक्षा १ देखी १० सम्म सम्पूर्ण पाठ्यपुस्तकहरु मोबाइल एप्समा आइसकेकोले विद्यार्थीहरुलाई आ–आफ्नो मोबाइलमा डाउनलोड गरि पढ्न समेत आग्रह गर्दै विद्यालयमा अब पुस्तक नल्याए पनि हुनसक्ने विचार व्यक्त गर्नुभयो । तर, उहाँको उक्त विचार विद्यार्थीहरुका लागि तर्कहिन भएको छ । कीन भने सरकारले कक्षा १ देखी १० सम्मका विद्यार्थीहरुलाई कक्षा कोठामा मोबाइल ल्याउने अनुमति दिएको छैन् ।
यस्तै सोही कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका छेदीलाल यादवले विद्यार्थीलाई शिक्षकले कुट्ने कुरा नियमसम्वत नरहेपनि विद्यार्थीलाई शिक्षकले कुन कारणले कुटेको भन्ने बारे उल्टै गुनासो गरेका विद्यार्थीहरुलाई प्रश्न ते¥स्याउनुभयो ।
कुनै पनि बालबालिकाहरु शिक्षा, स्वास्थ्य र सुरक्षाबाट बञ्चित नहुन् भनी सेभ द चिल्ड्रेनले सन् २०१६ देखी २०१८ सम्म विश्वव्यापी रुपमा अभियान नै चलाएको सेभ द चिल्ड्रेनका उमेश गुप्ताले जानकारी दिनुभयो । उहाँले सप्तरी जिल्लाको मल्हनिया गाविसमा सुरुवात गरिएको आयोजक संस्थाका शैलेन्द्र चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका अरुण मेहता, उमेश गुप्ता, शिक्षा कार्यालयका भोगेन्द्र यादव, जिविसका अधिकृत सुभास मण्डल, जनस्वास्थ्यका छेदीलाल यादव, सबल नेपालका निर्देश दिपक झा लगायत विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यता कार्यक्रम संचालन भएपछि शिक्षा अधिकारी शंकर लुइटेल र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले आफ्नो भनाई राख्दै बाहिरिनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ