News Category 2073/05/09
भन्सार छली ल्यादै गरेको बिभिन्न समान बरामद
दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
भन्सार छलेर ल्याउँदै गरेको समान प्रहरीले सप्तरीको बिभिन्न स्थानबाट बुधबार नियन्त्रणमा लिएको छ ।
भन्सार छलेर भारतीय बजारबाट नेपाल भित्राउदै गरेको समानहरुलाई प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
अबैधरुपमा ल्याउदै गरेको २१ हजार मुल्य बराबरको १ सय ५२ पिस प्लाष्टिकको खेलौना सानो पेस्तोल, ११ थान रुमाल १ जहार १ सय ३६ थान सानो खेलौना गाडी लगायतको समान बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीको टोलीले जिल्लाको पथरगाढा १ स्थित नहरमा भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको राम छाप ३ सय प्याकेट खैनी, ५० केजी चिनी, एक थान साईकल समेत नियन्त्रणमा लिएको छ ।
त्यस्तै सखडाबाट खटिएको प्रहरी टोलीले छिन्नमस्ता गाविस ७ बाट भन्सार छली ल्याउदै गरेको ५० लिटर मट्टीतेल समेत नियन्त्रणमा लिएको छ ।
सोही प्रहरी टोलीले सप्तरीको लालापट्टी गाविसबाट भारतको मुजप्mफरपुर जिल्ला रामनगर पञ्चायत बस्ने ४५ बर्षीय मोहमदले भारतबाट नेपालतर्फ भन्सार छली साईकलमा ल्याउदै गरेको ३८ थान प्लाष्टिकको आरी, ४० वटा जग, ३० थान सोली, ३२ थान डाला, २५ वटा कपाल कोर्ने काईयो र १ थान साईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता नियन्त्रणमा लिएका सामानहरु आवश्यक कारबाहीका लागि छोटी भन्सार कार्यालय राजविराजमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ