News Category 2073/05/10
कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
हरेक भाद्र अष्टमीमा मनाईने श्रीकृष्ण जन्मष्टमीको अवसरमा बिहिबार सप्तरी सहित मुलुकभरीका कृष्ण मन्दिरहरुमा भक्तजनहरुको पुजा गर्ने घुँइचो लागेको छ ।
सोही अवसरमा सप्तरीको मलेठ वडा नं. ५ र राजविराजस्थित हटियामा रहेको कृष्ण मन्दिरमा बिहीबार बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।
श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजन व्रत लिएर मन्दिरमा पूजाआराधना गर्न आउने गरेका छन् । यस्तै शुक्रबार हटियास्थित कृष्ण मन्दिरमा मेला समेत लाग्ने गरेको छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व यसवर्ष पनि अपार श्रद्धाकासाथ मनाईदैछ ।
यस अतिरिक्त मन्दिर परिसरमा राधाकृष्ण लगायत देवीदेवताको माटोको मूर्ती समेत निर्माण गरी पूजाआजा गरिदै छ । यस अतिरिक्त सप्तरीसहित मधेशका ग्रामिण भेगका गाउँहरुमा समेत जन्माष्टमीको अवसरमा माटोको मूर्ती बनाई पूजाआजा गरिँदै छ ।
यस्तै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजले बिहीबार श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको छ ।
सो अवसरमा पुनरावेदन अदालतका न्यायाधिश निता गौतम दिक्षित, पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधिश कमानन्द देव, सीमा सुरक्षा कार्यालय शसस्त्र प्रहरीका एसपी दमन थापा, सेवा केन्द्रकी संचालिका भगवती दिदीले सामुहिक रुपमा कार्यक्रमको उद्घाटन गर्नुभयो ।
सो अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम, नृत्य एवं झाँकी समेत प्रदर्शन गरिएको थियो ।
यसैबिच पूर्व सिंचाई मन्त्री एवम् सप्तरी क्षेत्र नम्वर–३ का सांसद उमेश कुमार यादवले विहीवार मलेठस्थित राधाकृष्ण मन्दिरको प्रवेशद्वार उद्घाटन गर्नुभएको छ ।
संसदीय विकास कोषको २ लाख र संसदीय कोष तथा क्षेत्रीय पुर्वाधार कोषको १० लाख गरी कुल १२ लाखको लागतमा निर्मित प्रवेशद्वारको उहाँले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
यादव सेवा समितिका अध्यक्ष प्रयागलाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सभापति बिरवल बिराजी यादव, यादव सेवा समितिका सदस्य रघुनन्दन यादव, धर्मशाला समितिका सुगम्बर यादव, डा.काशीनाथ यादव, ई. सुरत यादव, कोषाध्यक्ष बैद्यनाथ यादव, प्रवेशद्वार निर्माण उपभोक्ता समितिका टुनटुन यादवलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ