News Category 2073/05/10
भन्सार छलेको सामानहरु नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
सप्तरी प्रहरीले विगत केही समय यता भारतबाट अवैध रुपमा ल्याउँदै गरेको समानहरु धमाधम पक्राउ गर्न थालेको छ ।
यसैक्रममा ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले सप्तरीको कोचाबखारी गाविस १ स्थितबाट शंकर यादवले भारतबाट नेपालतर्फ ब्यापारिक प्रयोजनका लागी भन्सार छली ल्याउदै गरेको विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका सामानहरुमा पानमा प्रयोग हुने स्वस्तिक कथ्था ३ बण्डल, राजनिवास गुट्खा ९ बण्डल, गुट्खामा प्रयोग हुने तुलसी सहित अन्दाजी २० हजार ७ सय रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सुरक्षा बेस क्याम्प पथ्थरगाडाबाट खटिएको प्रहरी टोलीले हजारौ मुल्य बराबरको अबैध सामान बरामद गरेको छ । प्रहरी गस्ती टोलीले जिल्ला सप्तरी पथ्थरगाडा गाविस १ स्थित नहर छेउमा व्यापारीक प्रयोगका लागि भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको विडी १ हजार थान, खाने तेल २ टिन, सुर्ती ३० प्याकेट, बटर केकर बिस्कुट २ कार्टुन, मटितेल ६ लिटर र साईकल १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले लालापट्टी १ स्थितबाट सोही स्थान निवासी ईन्द्रदेव कुमार यादव, २ बस्ने आनन्द कुमार यादब र भारत कुनौली बस्ने बिजय कुमार साहले प्यापारिक प्रयोजनका लागी भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मसुरी दाल ६० केजी, चनादाल २५ केजी, चिया रङ ८ केजी, साईकल २ थान सहित नियन्त्रणमा लिएको छ ।
यता बरामद गरिएका अवैध समानहरु आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाईएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ