News Category 2073/05/17
एकपक्षीय ढंगले गठन गरिएको विभिन्न समितिलाई मान्यता नदिने ः पोलिटब्यूरो सदस्य यादव
दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
नेकपा (माओावदी केन्द्र) प्रदेश नं. २ को काठमाडौंमा भदौं १२ गतेदेखि १४ गतेसम्म सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले सप्तरी जिल्लामा हालै मनपरी एकपक्षीय ढंगले गरेको विभिन्न समिति गठन अमान्य र अवैधानिक भएको ठहर गर्दै त्यस्ता समितिलाई मान्यता नदिने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य महेश यादवले जानकारी दिनुभएको छ ।
हालै एकपक्षले राजु विश्वकर्माको नेतृत्वमा गठन गरेको प्रेस सेन्टर नेपाल, रामचन्द्र यादवको नेतृत्वमा गठन गरिएको विद्युतीय रिक्सा मजदुर संघ र अनिल चौधरीको नेतृत्वमा गठन गरिएको अखिल नेपाल खेलकुद महासंघ पुर्ण रुपमा अवैधानिक तथा पार्टीको नीति विपरितको कार्य भएको ठहर गर्दै बैठकले सो समितिहरुलाई मान्यता नदिने निर्णय गरेको गरिएको हो ।
जिल्लामा नेकपा (माओवादी केन्द्र) मा समाहित सवै पक्षलाई नसमेटि एकपक्षीय ढंगले गठन गरिएको विभिन्न समितिलाई अवैध भन्दै बैठकले सो समितिलाई मान्यता नदिने निर्णय गरेको पोलिटब्युरो सदस्य यादवले बताउनुभयो ।
त्यस्तै सप्तरी सदरमुकाम राजविराजमा आगामी असोज १८ र १९ गते जिल्ला एकता भेला तथा प्रशिक्षण कार्यव्रmमको आयोजना गर्ने निर्णय गरिएको छ ।
त्यस्तै असोज १६ र १७ गते सिराहा, असोज १३ र १४ गते धनुषा, असोज १० र ११ गते महोत्तरी, अ सोज ८ र ९ गते सर्लाही, असोज ६ र ७ गते रौतहट, भाद्र २६ र २७ गते बारा र भाद्र २४ र २५ गते पर्सामा एकता भेला तथा प्रशिक्षण कार्यव्रmमको आयोजना गरिने छ ।
त्यसैगरी गोरखाको पालुंगटार बैठकमा राज्य समिति सदस्यको हैसियतमा बैठकमा सहभागीहरुलाई अहिले पार्टीमा व्रिmयाशील भएकोहरुलाई आयोजक समितिमा राख्ने र माओवादी केन्द्रमा एकताको प्रकृयामा आएकाहरुको हकमा पार्टीले सिफारिस गरिएकोहरुलाई आयोजक समितिमा राखिने पोलिटब्युरो सदस्य यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ