News Category 2073/05/18
“पार्टीमा कुनै छलफल भएको छैन”
दैनिक समाचारदाता
राजविराज, १७ भदौं ।
प्रेस सेन्टर नेपाल सप्तरी, अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक संघ र अखिल नेपाल खेलकुद महासंघ सप्तरीले नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर २ को सचिवालयको बैठकमा कुनै छलफल नै नभएका बिषयलाई केही व्यक्तिहरुले पार्टीको निर्णय भन्दै प्रचारबाजी गरिएको प्रति खेद व्यक्त गरेको छ ।
प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, अखिल नेपाल खेलकुद महासंघ सप्तरीका संयोजक अनिल चौधरी र अखिल नेपाल बिद्युतीय रिक्सा श्रमिक संघ सप्तरीका अध्यक्ष रामचन्द्र यादवले शुक्रवार संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै सो खेद व्यक्र गरिएको हो ।
जारि विज्ञप्तिामा नेकपा (माओावदी केन्द्र) प्रदेश नं. २ को काठमाण्डौमा भदौ १२ गतेदेखि १४ गतेसम्म चलेको नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर २ को सचिवालय बैठकमा पार्टीको पेशागत तथा जनवर्गीय संगठनहरुको बिषयमा कुनै किसिमको छलफल नै नभएको पार्टीका पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्रीहरु विश्वनाथ साह एंव उमेश कुमार यादवबाट जानकारी प्राप्त भएको स्पष्ट पारेका छन् ।
नेकपा (माओावदी केन्द्र) प्रदेश नं. २ को सचिवालय बैठकमा जिल्ला जिल्लामा एकता भेला तथा प्रशिक्षण चलाउने निर्णय गरेपनि पार्टीको पेशागत तथा जनवर्गीय संगठनहरुको बिषयमा कुनै किसिमको छलफल नै नभएको बिषयलाई केही व्यक्तिहरुले पार्टीको निर्णय भन्दै प्रचारबाजी गरिएको प्रति खेद समेत व्यक्त गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ