News Category 2073/05/19
सम्पुर्ण मधेशीहरुबीच एकताको आवश्यकता ः भण्डारी
राजविराज÷राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरदसिंह भण्डारीले मधेशको अधिकार सुुनिश्चितताका लागि सम्पुर्ण मधेशीहरुबीच एकताको आवश्यकता रहेको बताउनुभएको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीद्वारा जिल्लाको बेल्ही चपेना गाविसमा आयोजित पार्टी प्रवेश तथा सभा कार्यक्रमलाई प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले मधेशको माग सम्बोधन नभएसम्म मधेशमा आन्दोलन जारी रहने बताउनुभयो ।
रामसपाका गाउँ कमिटिका राज कुमार मण्डलको अध्यक्षतामा आयोजित सो सभामा पार्टीका बरिष्ठ राष्ट्रिय उपाध्यक्ष शेखर सिंह, संसदलिय दलकी नेतृ एवं सांसद निरजला राउत, पार्टीका केन्द्रिय महासचिव केशव झा, केन्द्रिय सदस्य अशोक पाण्डे, पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, युवा लिगका उपाध्यक्ष मुकेश कर्ण, समाजवादी विद्यार्थी संघका केन्द्रिय सदस्य विद्यानन्द चौधरी, युवा नेता शिवजी मण्डल लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
यसैबिच सोही समारोहमा एमाले पार्टी परित्याग गरी गाविसका निवर्तमान उपाध्यक्ष देव नारायण साह, बुथ कमिटिका उपाध्यक्ष बिशेश्वर मण्डल सहित काग्रेस, माओवादी, फोरम नेपाल, राप्रपा नेपाल सहित विभिन्न पार्टीका सयौ जना नेता तथा कार्यकर्ताहरु राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
त्यस्तै जिल्लाको बभनगामाकटी गाविसस्थित मंसापुर चौकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका करिब ४ सय नेता तथा कार्यकर्ताहरु राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेको पार्टी जिल्ला कार्य समितिका उपाध्यक्ष सतिश कुमार सिंहले जानकारी दिनुभयो ।
सोही क्रममा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला उपाध्यक्ष जुगेश्वर मण्डल सहित राप्रपा नेपालका उपाध्यक्ष सुर्य नारायण यादव, माओवादी दशन यादव सहितकाहरु सो पार्टीमा प्रवेश गरेका हुन् । त्यसैगरी सप्तरी क्षेत्र नं. ४ को ब्रहमपुरमा जिल्ला सदस्य सत्रुघन मण्डलको अध्यक्षतामा र राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा सयौं नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन ।
सो कार्यक्रममा पार्टीका बरिष्ठ नेता तथा संसदीय दलको नेता निर्जला राउत, वरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंह, महासचिव केशव झा, राष्ट्रिय सदस्यहरु शम्भु साह, अशोक पाण्डे, सुनिता सरदार, जिल्ला अध्यक्ष गजेन्द्र मण्डल, पुर्व सदस्यहरु बिरेन्द्र साह क्रान्ति, भरत साह, बिरेन्द्र साह प्रशान्त, जिल्ला उपाध्यक्षहरु सतिश सिंह, बैजु दास, भगिरथ साह, विद्यार्थी संघका केन्द्रिय सदस्य बिद्यानन्द चौधरी, युवा केन्द्रिय सदस्य बमशंकर सिंह, जिल्ला कोषाध्यक्ष मनोज मेहता, जिल्ला सल्लाहकार राम नरेश दास, लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा पुर्व गाविस अध्यक्षका छोरा उमेश मण्डल, रामेश्वर नायक, कपलेश्वर झा लगायत सयौं जना सो पार्टीमा प्रवेश गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/03/20 भारदह अस्पताल “शहीद राजीव रामकृष्ण प्रादेशिक अस्पताल” मा परिणत हुने
- 2081/03/20 ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
- 2081/03/17 काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
- 2081/03/17 प्रेस युनियनद्वारा महासंघमा धर्ना
- 2081/03/17 पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था छ ः अध्यक्ष मण्डल
- 2081/03/15 युवाहरुले सडकमै धान रोपे
- 2081/03/15 मन्सापुरमा धान दिवस मनाइयो
- 2081/03/15 प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी
- 2081/03/14 ६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या
- 2081/03/13 जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ