News Category 2073/05/21
सात हत्यामा संलग्न “सिरियल किलर” पक्राउ
दैनिक समाचारदाता
राजविराज, २० भदौं ।
सप्तरी र सुनसरी जिल्लामा श्रृंखलाबद्ध तरीकाबाट सात जनाको हत्यामा संलग्न ९ जना मध्ये एक जना थप आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
सप्तरीको जण्डौल ६ निवासी दुलारी देवी साह, त्रिकौल ५ निवासी निर्मला देवी, टिकुलिया ४ निवासी सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्यामा संलग्न रहेको अभियोगमा भारतको बिहार अन्तरगत मधुवनी, लौकहा बगमरिया घर भई हाल जिल्ला सप्तरी सारस्वर गाविस वडा नं. ७ बस्ने ३० वर्षिय मो. मस्तकिम भन्ने मो. रईस मियाँलाई सप्तरी प्रहरीले काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गर्न सफल भएको जनाएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक भिम ढकालले पक्राउ गरिएको बारे जानकारी दिदै मियाँलाई आइतबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलहुँदै बैदेशिक रोजगारीका लागि जाँदै गरेको अवस्थामा विमानस्थल प्रहरी प्रमुख गोबिन्द निरौलासँग समन्वय गरि पक्राउ गर्न सफल भएको बताउनुभयो ।
यस्तै पक्राउ परेका मियाँको नेपाली नागरिकता र राहदानी बारे छानबिन प्रक्रिया समेत अगाडी बढाइएको उहाँले जानकारी दिनुभयो ।
यता सोही घटनामा संलग्न सप्तरीको टिकुलिया गाविस वडा नं. ७ घर भई हाल जिल्ला सप्तरी कुशाहा गाविस वडा नं. ६ बस्ने ३५ वर्षिय मो. सकिल हुसेन र सप्तरीको पटेर्वा गाविस वडा नं. ५ बस्ने ४५ वर्षको गुल्जार मियाँ फरार रहेको जानकारी दिइएको छ ।
यसअघि घटनामा संलग्न अन्य ६ जना मध्ये तीन जना जिल्लाको सारस्वर गाविस ४ निवासी ४८ वर्षिय अलाउद्दिन मियाँ, शम्भुनाथ नपा वडा नं. २ कनपट्टीका ५५ वर्षिय कानसरुल मिया र जण्डौल गाविस ५ निवासी २६ वर्षिया हजरुन खातुनलाई पुर्पक्षको लागि हाल राजविराज कारागारमा रहेको तथा तीन जना धरौटीमा रिहा भएको प्रहरी उपरिक्षक ढकालले बताउनुभयो ।
यस्तै सप्तरी प्रहरीले २०७२ साल बैशाख महिनामा अप्रेशन “शेरा किलो” अभियान चलाएर सप्तरीमा हत्या गरिएका तीन महिला र एक पुरुषसहित चार जनाको कंकाल फेला पार्न सफल भएको थियो भने घटनामा संलग्न ९ जना मध्ये ६ जनालाई पक्राउ समेत गरेको थियो ।
२०७२ साल बैशाख २७ गते जिल्लाको जण्डौल गाविसस्थित कुलोमा फ्याकिएको तथा बालुवाले पुरिएको अवस्थामा दुलारी देवी साहको कंकाल फेला परेको थियो । यस्तै २०६९ साल असोज १० गते जिल्लाको टिकुलिया गाविस ४ का सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुन वेपत्ता भएपछि २०७२ साल बैशाख र जेठ महिनामा जिल्ला प्रहरी कार्यालय सप्तरीको विशेष अनुसन्धान टोलीले कल्याणपुर ८ स्थित भदैया टोलमा उत्खनन् गरि दुबैको कंकाल फेला पारेको थियो ।
सो घटनामा संलग्न कंचनरुप नपा १० निवासी ३० वर्षिया नगिना खातुन १८ हजार, कंचनरुप नपा १० निवासी २६ वर्षिया समिना खातुन २७ हजार र सिरहा सोनामति ६ निवासी ४० वर्षिय मो.मजलुम ५० हजार धरौटीमा छुटेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ