News Category 2073/05/22
जिल्ला प्रशासन, प्रहरी, नगरपालिका, जनस्वास्थ्य, जिविस लगायत ६ निकाय बिरुद्ध रिट दायर
दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
राजविराज नगर अत्याधिक फोहर, दुर्घन्धित र सुँगुरको आतंकबाट त्रसित बन्दै गएको भन्दै पुनरावेदन अदालत राजविराजमा एक जना अधिवक्ताले आधा दजर्न सम्बन्धित निकाय बिरुद्ध रिट दायर गर्नुभएको छ ।
अधिवक्ता कौशल किशोर दत्तले जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला विकास कार्यालय सप्तरी, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरी, राजविराज नगरपालिकाको कार्यालय र राजविराज नगरपालिका १ स्थित बजार व्यवस्थापन समितिलाई विपक्षी बनाई सोमबार रिट दायर गर्नुभएको हो ।
अधिवक्ता दत्तले दायर गर्नुभएको रिट उपर सोमबार पुनरावेदन अदालतका न्यायाधिश उमेश कुमार सिंहको एकल इजलासले निवेदन सार्वजनिक सरोकारको विषय भएकोले दर्ता गर्न अनुमति प्रदान गर्नुभएको थियो ।
सो निवेदनले दर्ता गर्ने अनुमति पाएपछि मंगलबार पुनरावेदन अदालतका न्यायाधिश राजकुमार वनको एकल इजलासले विषय बस्तुको गम्भिरतालाई ध्यानमा राखि भदौं २४ गते १० बजे सम्पूर्ण विपक्षीलाई अदालतमा छलफलका लागि बोलाएको पुनरावेदन अदालत राजविराजका शाखा अधिकृत एवं सूचना अधिकारी बासुदेव पाण्डेले जानकारी दिनुभयो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानिय विकास अधिकारी, जनस्वास्थ्य कार्यालयका प्रमुख, राजविराज नगरपालिका कार्यालयका कार्यकारी अधिकृत र व्यवस्थापन समितिका अध्यक्षलाई सो छलफलमा बोलाइएको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ