News Category 2073/05/22
प्रेस सेन्टरबाट विश्वकर्मालाई निष्काशन गर्न सिफारिस
दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
प्रेस सेन्टर नेपाल सप्तरी शाखाले राजु विश्वकर्मालाई पार्टी र प्रेस सेन्टर नेपालको नीति तथा उद्देश्य, लक्ष्य विपरित कथित समानान्तर समिति गठन गरेको भन्दै निष्काशनका लागि प्रेस सेन्टर नेपाल प्रदेश नं. २ मा सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ताद्वारा मंगलबार जारि विज्ञप्तिमा सप्तरी शाखाको सम्पन्न बैठकले विभिन्न निर्णयहरु गर्दै विश्वकर्मालाई प्रेस सेन्टर नेपाल विधानको परिच्छेद ३ को ८(ग), ९(ङ) बमोजिम मंगलबारकै मितिदेखि लागु हुने गरी प्रेस सेन्टर नेपालको साधारण सदस्य समेतबाट निष्कासनका लागि पे्रेस सेन्टर नेपाल प्रदेश नं. २ मा पठाउने निर्णय सर्वसहमतिबाट गरिएको उल्लेख छ ।
जारि विज्ञप्तिमा राजु विश्वकर्मा अन्य पार्टीका व्यक्ति सँग साठगाठ गरी बन्द सत्रलाई चुनौती दिदै आफ्नो नेतृत्वमा प्रेस सेन्टर नेपाल सप्तरी शाखाको समानान्तर समिति गठन भएको घोषणा गर्दै बाहिरिएको अवगत गराउँदै वैचारिक पथ विचलन, अरुको उकसाहट, अवसावादी चरित्र अरु पार्टीको पृष्टपोषकको साथै प्रेस सेन्टर नेपालको लक्ष्य, उद्देश्य विपरितका व्यक्ति राप्रपाका अरुण तिवारी, राष्ट्रिय जनता दलका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमानन्द माझी, सदभावना पार्टीका श्याम सुन्दर यादव, संघीय समाजवादी फोरम नेपालका विद्यानन्द राम (विक्की) लगायतको सहभागीतामा कथित प्रेस सेन्टर नेपाल सप्तरी शाखाको समानान्तर समितिमा राखेको जनाइएको छ ।
त्यस्तै विज्ञप्तिमा प्रेस सेन्टर नेपाल सप्तरी शाखाले जिल्ला, एकता भेला तथा अधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउने माओवादी केन्द्रका पि.वी. एस सदस्य तथा पूर्व एनेकपा (माओवादी)का जिल्ला इन्चार्ज एवम सप्तरी क्षेत्र नं. २ का सासंद अशोक कुमार मण्डल(अमर) माआवादी केन्द्रमा आयोजक समितिका सदस्य तथा पूर्व नेकपा क्रान्तिकारी माओवादीका सप्तरी इन्चार्ज देवनाथ यादव, पूर्व नेकपा (माओवादी) का जिल्ला संयोजक तथा माओवादी केन्द्रका नेता जय प्रकाश यादव, प्रेस सेन्टर नेपाल प्रदेश नं. २ का इन्चार्ज एस.वि. थापा, संयोजक देवराम यादव, सह–संयोजक हिरालाल चौधरी र सभाहल उपलब्ध गराउने राजविराज नगरपालिका तथा पशु सेवा कार्यालयलाई समेत धन्यवाद दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ