News Category 2073/05/22
युवाहरुले सबै क्षेत्रमा एकै दिन सरसफाई गर्ने
दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
सप्तरीका युवाहरुले जिल्लाको सबै क्षेत्रमा एकै दिन सरसफाई गर्ने निर्णय गरेको छ ।
५० हप्ते सरसफाई अभियानको शुभारम्भ गरेको सप्तरी युवा मूल समारोह समिति अन्तर्गत सबै क्षेत्रका संयोजकहरुको मंगलबार राजविराजमा बसेको बैठकले सदरमुकामसहित सबै क्षेत्रमा सरसफाई गर्ने निर्णय गरेको हो ।
सप्तरी जिल्लाको ६ वटै निर्वाचन क्षेत्र र सदरमुकाममा प्रत्येक शनिबार एकै साथ सरसफाई गर्न युवा पदाधिकारीहरु सहमति भएको जनाइएको छ ।
एक ठाउँमा मात्र सरसफाई गर्दा अभियानले राखेको लक्ष्य पूरा नहुने भन्दै सबै क्षेत्रको कुनै ठाउँमा सरसफाई गरिने मूल समितिका सदस्य मोहन यादवले जानकारी दिनुभयो ।
बैठकले सार्वजनिक ठाउँमा फोहोर नगर्न सन्देश प्रवाह गर्ने समेत निर्णय गरेको सदस्य यादवले बताउनुभयो ।
यस्तै बैठकले क्षेत्रिय र जिल्ला समितिको सहयोगमा सबै गाविस र नगरपालिकामा समिति बनाउने निर्णय समेत गरेको अर्का सदस्य आयुष श्रेष्ठले जानकारी दिनुभयो ।
समितिको अर्काे बैठक क्षेत्र नम्बर २ को संयोजनमा आगामी असोज ८ गते हनुमाननगर योगिनिमाई नगरपालिकामा बस्ने निर्णय भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ