News Category 2073/05/22
युवाहरुले सबै क्षेत्रमा एकै दिन सरसफाई गर्ने
दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
सप्तरीका युवाहरुले जिल्लाको सबै क्षेत्रमा एकै दिन सरसफाई गर्ने निर्णय गरेको छ ।
५० हप्ते सरसफाई अभियानको शुभारम्भ गरेको सप्तरी युवा मूल समारोह समिति अन्तर्गत सबै क्षेत्रका संयोजकहरुको मंगलबार राजविराजमा बसेको बैठकले सदरमुकामसहित सबै क्षेत्रमा सरसफाई गर्ने निर्णय गरेको हो ।
सप्तरी जिल्लाको ६ वटै निर्वाचन क्षेत्र र सदरमुकाममा प्रत्येक शनिबार एकै साथ सरसफाई गर्न युवा पदाधिकारीहरु सहमति भएको जनाइएको छ ।
एक ठाउँमा मात्र सरसफाई गर्दा अभियानले राखेको लक्ष्य पूरा नहुने भन्दै सबै क्षेत्रको कुनै ठाउँमा सरसफाई गरिने मूल समितिका सदस्य मोहन यादवले जानकारी दिनुभयो ।
बैठकले सार्वजनिक ठाउँमा फोहोर नगर्न सन्देश प्रवाह गर्ने समेत निर्णय गरेको सदस्य यादवले बताउनुभयो ।
यस्तै बैठकले क्षेत्रिय र जिल्ला समितिको सहयोगमा सबै गाविस र नगरपालिकामा समिति बनाउने निर्णय समेत गरेको अर्का सदस्य आयुष श्रेष्ठले जानकारी दिनुभयो ।
समितिको अर्काे बैठक क्षेत्र नम्बर २ को संयोजनमा आगामी असोज ८ गते हनुमाननगर योगिनिमाई नगरपालिकामा बस्ने निर्णय भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ