News Category 2073/05/28
एम्नेष्टीको अध्यक्षमा कुँइकेल निर्वाचित
दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको २५ औं राष्ट्रिय कार्यकारी परिषद्बाट राजन कुँइकेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको छ ।
भदौं २४, २५ र २६ गते पोखरामा सम्पन्न परिषद्को बैठकबाट सम्पन्न निर्वाचनमा कुँइकेलको अध्यक्षतामा सो समिति निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष कुँइकेल इमेज च्यानलका समाचार सम्पादक हुनुहुन्छ ।
सम्पन्न निर्वाचनमा अध्यक्ष कुँइकेलसहित कोषाध्यक्षमा बिक्रम ढुकेछु, महिला सदस्यहरुमा पार्वता आचार्य, संगिता चापागाई, यशोधा उपाध्याय तथा खुल्ला प्रतिस्पर्धामा लक्ष्मी निरौला, धु्रव राय, कर्ण बहादुर कुँवर र सुरेश उपाध्याप बिजयी हुनुभएको छ ।
यस्तै दुई सदस्य युथ समूहबाट चयन भइसकेका छन् । सम्पन्न निर्वाचनमा देशभरिका ६६ समूहका १ सय ३० जना प्रतनिधिहरुले सहभागिता जनाएका थिए ।
राष्ट्रिय कार्यसमितिको उपाध्यक्षमा धु्रव राय, महासचिवमा लक्ष्मी निरौला र उपमहासचिवमा यशोदा उपाध्यायलाई जिम्मेवारी दिइएको छ । पुनरावेदन समितितर्फ संयोजकमा केशव पोख्रेल, सदस्यमा वसन्त सुवेदी र प्रभा अधिकारी निर्वाचित हुनुभएको छ ।
यसैबीच एम्नेष्टी इन्टरनेसनल नेपालले कृष्णप्रसाद अधिकारी हत्या घटनाको सम्बन्धमा अदालतले दिएको आदेश पालना गर्न नेपाल सरकारसमक्ष आह्वान गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।
एम्नेष्टी इन्टरनेसनल नेपालको पोखरामा सम्पन्न २५औँ साधारणसभाले आफ्नो छोरा हत्याको घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको माग गर्दै अभियानरत गङ्गामाया अधिकारीको मागप्रति एक्यबद्धता जनाउँदै उक्त विशेष प्रस्ताव पारित गरेको हो ।
साधारणसभाबारे जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासचिव लक्ष्मी निरौलाले साधारणसभाबाट अन्तर्राष्ट्रिय कानुनले अपराध भनेर किटान गरेका घटनाका दोषीको मुद्दा फिर्ता र सजाय माफी नगरिने सुनिश्चितता गर्दै पीडित र तिनका परिवारलाई न्याय र परिपूरणको व्यवस्था गर्नुपर्नेलगायतका विशेष प्रस्ताव पारित गरिएको जानकारी गराउनुभयो । यसअघि परिषद्को उद्घाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ