News Category 2073/05/29
मुस्लिम समुदायहरुले हर्षोउल्लासका साथ बकरिद पर्व मनाईयो
दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
मुस्लिम धर्मालम्बीहरु मंगलबार धुमधामका साथ बकरिद अर्थात् इदजोहा पर्व मनाईएको छ ।
सो अवसरमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मालम्वीहरुको पर्व बकर ईद (ईद(उल(जोहा) परेको हुनाले यस दिन नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बकर ईदलाई कुर्बानी पनि भनिन्छ । कुर्बानी तीन दिनसम्म मनाईन्छ । यस दिन नेपाल भरिका इस्लाम धर्मालम्वीहरुले आ(आफ्नो नियम र गच्छ अनुसार अल्लाहतालाको नाममा केहि जनावरको कुर्बानी दिने गरिन्छ । पहिलो दिनमा बिहानै नजिकको मस्जिदमा गएर नमाज पढिन्छ । र एक आपसमा (ईद(उल(जोहा)को मुबारकबाद दिने गरिन्छ । त्यस पछि ठाउँ अनुसार जनावरको कुर्बानी गरिन्छ । कुर्बानी गरिएको मासुलाई नियम अनुसार बराबरी तीन भाग लगाईन्छ । एक भाग आफुलाई, दोश्रो भाग आफ्ना ईस्टमित्रलाई भने अर्को भाग गरिबलाई दिने चलन रहेको छ । यसै गरि एक आपसमा रमाइलो गरि र ठूलाले सानालाई आषिश तथा उपहार दिँदै मनाईन्छ ।
सरकारले सार्वजनिक विदा दिएको भएता पनि जावलाखेल स्थित डि.ए.भि शुसिल केडिया विश्व भारति स्कुल लगायत उपत्याका केहि निजी स्कुलहरुले विदा नदिएको गुनासो केहि मुस्लिम अविभावकहरुले गर्दै थिए । आफ्नो नाम सार्वजनिक नगर्दिन आग्रह गर्दै भने सरकारले बिदा दिने निर्णय दिइ सके पछि कमसेकम एक दिन त विदा दिनै पर्ने थियो । उनले भने, त्यस माथि पर्वकै दिन परिक्षा राखिदिएर झन अफ्ट्यारोमा पारिदिएका छन् ।
सो धर्मालम्बीहरुले इदपछिको ठूलो पर्व बकरिदमा कुवानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन् । सरकारले यस पर्वको उपलक्ष्यमा आज देशभर सार्वजनिक विदा दिएको छ । यस अवसरमा कतिपयले आफ्नो सबैभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का र मदिनामा गरेर यो पर्व मनाउने गर्छन् । जसलाई हज भनिन्छ ।
यो पर्व तराईको मोरङ, सुनसरी, झापा, सप्तरी र सिरहालगायतका जिल्लामा बिहानैदेखि धुमधामका साथ मनाइँदैछ ।
इदुलफित्रको ठीक ७०औँ दिनमा मनाइने गरिएको यस पर्वमा मुसलमानले पूर्णरुपले चोखो भएर इदगाह वा मस्जिदमा गएर नवाज पढ्ने गर्छन् । त्यसपछि, एकापसमा आलिङ्गन गरेर भातृत्वको सन्देश प्रवाह गर्छन् ।
सो अवसरमा विराटनगरमा विभिन्न मस्जिद र इदगाहहरुमा बिहानैदेखि नवाज पढेर एकापसमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।
यस पर्वको मुख्य उद्देश्य कुरवानी भएकाले खसी, भैँसी र बाँझो पाठीलाई बलिदानी दिने गर्छन् ।
मुस्लिम धर्मग्रन्थअनुसार, अल्लाहका इब्राहिम अलि सलामले ८० वर्षको उमेरमा आफ्नी पत्नी हाजराको गर्भबाट जन्मिएको छोरा इस्माइल अलि सलामलाई अल्लाहको आदेशमा कुरवानी दिन गएका थिए ।
तर, अल्लाहले इब्राहिम अलि सलामको यो कदमबाट निकै प्रसन्न भएर उनको कुरवानी स्वीकार गरी छोरा इस्माइलको ठाउँमा भेँडाको कुरवानी लिएको थियो । सोही दिनदेखि इब्राहिमको सम्झनास्वरुप यो पर्व मनाउन थालिएको हो ।
यसैबिच सोही अवसरमा विभिन्न ब्यक्तिहरुले बकरिद पर्वको अवसरमा सम्पुर्ण महानुभावहरुलाई हार्दिक शुभकामना ब्यक्त गरेका छन ।
आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मो.इस्लामले मुस्लिम समुदायको दोश्रो महान पर्व बकरिदको अवसरमा देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण मुस्लिमहरुलाई शुभकामना ब्यक्त गर्नुभएको छ ।
यसैगरी सदभावना पार्टीका भातृ संगठन विद्यार्थी मंचका राष्टिूय अध्यक्ष किशोर कुमार यादव केसीले एक विज्ञप्ती प्रकाशन गरी मुस्लिम समुदायको दोश्रो महान चाड बकरिद पर्वको अवसरमा सम्पुर्ण मुस्लिमहरुलाई सुख शान्ति एवं समृद्धिको लागि कामना गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ