News Category 2073/05/30
म्याद गुज्रिएका सामानहरुसहित ढुस्सी लागेको पेडा समेत बरामद
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
संयुक्त अनुगमन टोली सप्तरीले जिल्ला भरि आफ्नो अनुगमन कार्यलाई निरन्तरता दिँदै विभिन्न अखाध्य बस्तुदेखी लिएर म्याद गुज्रेका बस्तुहरु बरामद गर्दै नष्ट गरेको छ ।
ती बस्तुहरु बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीको परिसरमा आगो लगाएर नष्ट गरिएको छ ।
यसै क्रममा सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वमा खटेको टोलीले जिल्लाको अनुगमन गर्ने क्रममा हनुमाननगर, कंचनरुप नगरपालिकाबाट म्याद गुज्रेका, लेवल नभएका खाने तेल, चिसो पेय पदार्थ, भुजिया, खैनी, मिठाई लगायतका बस्तुहरु बरामद गरेको छ ।
यस्तै सोही अनुगमन टोलीले नेपालमै प्रसिद्ध बरमझियाका पेडा पसलहरुमा अनगुमन समेत गरेको छ । सो पसलहरुबाट सडेगलेको तथा ढुस्सी लागेको पेडा बरामद गरेको छ ।
बरामद गरिएको पसलहरुमा अनुगमन टोलीले पसल संचालनका लागि अनुमति पत्र समेत नरहेको तथा बिग्रेको ढुस्सी पेडालाई पुनः नयाँ बनाउन लागिएको पेडामा मिलाएर बनाउँने क्रममा बरामद गरेको खाद्य निरिक्षक सुरेश कुमार सिंहले जानकारी दिनुभयो ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले चाड पर्वको बेलामा अनुगमन कार्यलाई अझै तिब्रता दिने जानकारी दिनुभयो । उहाँले राजविराजस्थित नागमणि किराना पसलको दुई वटा गोदाममा अनुगमन टोलीले भन्सार छलेर सामानहरु ल्याएको भन्दै शिलबन्दी गरेको जानकारी दिनुभयो । उहाँले उक्त पसल संचालकसँग सामान खरीद गरिएको कागजपत्र माग गर्दा उपलब्ध नगराएको भन्दै राजश्व अनुसन्धान कार्यालयमा कागजपत्र लिएर हाजिर हुन भनिएको बताउनुभयो ।
यस्तै उहाँले बरमझियास्थित एक पेडा पसल संचालकसँग पसल संचालन अनुमति पत्र नभएको भन्दै पसल बन्द गरिएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ