News Category 2073/05/30
म्याद गुज्रिएका सामानहरुसहित ढुस्सी लागेको पेडा समेत बरामद
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
संयुक्त अनुगमन टोली सप्तरीले जिल्ला भरि आफ्नो अनुगमन कार्यलाई निरन्तरता दिँदै विभिन्न अखाध्य बस्तुदेखी लिएर म्याद गुज्रेका बस्तुहरु बरामद गर्दै नष्ट गरेको छ ।
ती बस्तुहरु बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीको परिसरमा आगो लगाएर नष्ट गरिएको छ ।
यसै क्रममा सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वमा खटेको टोलीले जिल्लाको अनुगमन गर्ने क्रममा हनुमाननगर, कंचनरुप नगरपालिकाबाट म्याद गुज्रेका, लेवल नभएका खाने तेल, चिसो पेय पदार्थ, भुजिया, खैनी, मिठाई लगायतका बस्तुहरु बरामद गरेको छ ।
यस्तै सोही अनुगमन टोलीले नेपालमै प्रसिद्ध बरमझियाका पेडा पसलहरुमा अनगुमन समेत गरेको छ । सो पसलहरुबाट सडेगलेको तथा ढुस्सी लागेको पेडा बरामद गरेको छ ।
बरामद गरिएको पसलहरुमा अनुगमन टोलीले पसल संचालनका लागि अनुमति पत्र समेत नरहेको तथा बिग्रेको ढुस्सी पेडालाई पुनः नयाँ बनाउन लागिएको पेडामा मिलाएर बनाउँने क्रममा बरामद गरेको खाद्य निरिक्षक सुरेश कुमार सिंहले जानकारी दिनुभयो ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले चाड पर्वको बेलामा अनुगमन कार्यलाई अझै तिब्रता दिने जानकारी दिनुभयो । उहाँले राजविराजस्थित नागमणि किराना पसलको दुई वटा गोदाममा अनुगमन टोलीले भन्सार छलेर सामानहरु ल्याएको भन्दै शिलबन्दी गरेको जानकारी दिनुभयो । उहाँले उक्त पसल संचालकसँग सामान खरीद गरिएको कागजपत्र माग गर्दा उपलब्ध नगराएको भन्दै राजश्व अनुसन्धान कार्यालयमा कागजपत्र लिएर हाजिर हुन भनिएको बताउनुभयो ।
यस्तै उहाँले बरमझियास्थित एक पेडा पसल संचालकसँग पसल संचालन अनुमति पत्र नभएको भन्दै पसल बन्द गरिएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ