News Category 2073/05/30
दृष्टिविहीन बालबालिकाहरुले गित सुनाएर सबैको मन रसाए
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
बाल दिवसको अवसरमा बुधबार राजविराजमा दृष्टिविहीन बालबालिकाहरुले एक अत्यन्त मार्मिक गित गाएपछि सबैको मन रसाएका थिए ।
शिक्षा बिना जिनगी बेकार यौ, चलु स्कुल पढैल
आबो जे स्कुल नै जेबै त भजायत जिनगी अन्हार यौ चलु स्कुल पढैल‘
माथीको पक्तिमा भनिएको छ, “शिक्षा बिना जिन्दगी बेकार, विद्यालय पढ्न जाऔं, अब पनि विद्यालय नगए जिन्दगी अन्धकार हुने त्यसैले विद्यालय पढ्न जाआँैं” ।
यो पक्तिलाई ती दृष्टिबिहीन बालबालिकाहरुले आफ्नो सुरमा गाइरहेको बेला उपस्थित सम्पूर्ण सहभागिहरुको मन समेत रसाएको थियो ।
पब्लिक बिन्देश्वरी उमावि राजविराजस्थित दृष्टिबिहीन कक्षामा अध्ययनरत सात जना मध्ये १० वर्षदेखि १२ वर्ष उमेरका रम्भाकुमारी मण्डल, सञ्जनाकुमारी शर्मा, दिनेशकुमार राम र गणेशकुमार चौधरीले जीवनमा अगाडि बढ्न शिक्षाको उज्यालो आवश्यक रहेको भनिरहँदा कार्यक्रममा उपस्थिति बालबालिकादेखि अभिभावकसम्मले ताली बजाएर उनीहरुलाई प्रोत्साहित गर्दै थिए ।
बाल दिवसको अवसरमा जिल्ला बाल कल्याण समितिले आयोजना गरेको कार्यक्रममा बालबालिका मध्ये कसैले गीत गाए भने कसैले सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हाजिरी जवाफ, चित्रकला, दौड लगायत विभिन्न प्रतियोगिताका विजेता बालबालिकाहरुलाई पुरस्कृत गरिएको थियो ।
सो कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, जिल्ला विकास समिति सप्तरीका अधिकृत नवराज खड्का, प्रहरी उपरिक्षक भिम ढकाल, महिला विकास कार्यालयका अधिकृत चन्द्रकला श्रेष्ठ लगायतको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ