News Category 2073/05/31
झाडापखाला क्षेत्रमा चिकित्सकको टोली पुगे
समाचारको प्रभाव
दैनिक समाचारदाता
राजविराज, ३० भदौं ।
सप्तरीको जमुनी मधेपुरा गाविस वडा न. २ को जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको यस दैनिकमा समाचार प्रकाशनमा आएपछि बिहिबार स्वास्थ्यकर्मीहरुको एक टोली त्यहाँ पुगेको छ ।
चार पाँच दिनदेखि सो गाविसमा झाडापखालाको प्रकोप फैलिएपछि त्यहाँका करिब २५ परिवारका पाँच दर्जन भन्दा बढी सर्वसाधारणहरु झाडापखाला रोगको प्रकोपबाट ग्रसित छन् ।
यसैबिच झाडापखालाको प्रकोप फैलिएको क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयका राज नारायण ठाकुरको नेतृत्वमा चिकित्सकहरुको एक टोली त्यहाँ पुगेर बिरामीहहरुको औषधि उपचार गरिरहेका छन ।
बाबा धामबाट फर्केर आएका स्थानीय शंकर शर्मालाई अचानक झाडापखाला लागेपछि उहाँसँगै उहाँका श्रीमति र छोरा छोरी समेतलाई झाडापखाला लागेपछि सो टोलमै झाडापखालाको प्रकोप फैलिएको स्थानीय स्वास्थ्यकर्मी संतोष कुमार यादवले जानकारी दिनुभएको थियो ।
झाडापखालाको प्रकोपका कारणले हालसम्ममा त्यहाँका २५ परिवारका ५५ जना बालबालिकादेखि बृद्धबृद्धा बिरामी परेका छन् ।
त्यस्तै झाडापखाला प्रकोपकै कारणले बुधबार राति स्थानीय ५५ वर्षिय रामदेव यादवको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको छ ।
यता झाडापखाला रोगका बिरामीहरुका लागि केही औषधिहरु पठाइएपनि आवश्यकता अनुसारको औषधि नरहेकाले सो प्रकोप झन फैलिन सक्ने संम्भावना रहेको छ । अहिले सो क्षेत्रमा झाडापखालालाई नियन्त्रण गर्नका लागि थप औषधि तथा पानी शुद्धिकरण गर्नका लागि पियुस गार्डको आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ