News Category 2073/05/31
असोज ३ मा आधा घण्टा ब्लायक आउट गरिने
दैनिक समाचारदाता
राजविराज, ३० भदौं ।
मधेशीहरुको माग नसमेटिएर २०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारि भएको दिनलाई मधेशी मोर्चा सप्तरीले कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ ।
यसैबीच मधेशी मोर्चा सप्तरीले असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउनका लागि विभिन्न कार्यक्रमहरु घोषणा समेत गरेको छ ।
मधेशी मोर्चाका जिल्ला संयोजक नरेन्द्र प्रसाद यादवको अध्यक्षतामा बिहीबार सम्पन्न मोर्चाको एक बैठकले असोज २ गते राजविराज जेसिजमा अन्तरक्रिया कार्यक्रम गर्ने, ३ गते जिल्लाको सदरमुकाम राजविराजमा कालो झण्डा प्रदर्शन तथा बिरोध सभा गर्ने, हरेक घरमा साँझ ७ः३० देखी ८ बजेसम्म बत्ति निभाई ब्लायक आउट गर्ने र ४ गते निश्चित स्थानमा भेला भई अमर शहिदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्ने लगायतका कार्यक्रहरु घोषणा गरेका छन् ।
साथै मधेशी जनताको हक अधिकारको आन्दोलन मधेशी जनताको अधिकार सुनिश्चितता नभएसम्म जारी हरने मोर्चाको ठहर रहेको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ