News Category 2073/06/01
गाँउ गाँउमा बैदेशिक रोजगारी बारेमा प्रचारप्रसार गर्नुपर्छ ः राजनीतिक दल
दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
सुरिक्षत बैदेशिक रोजगारीलाई मर्यादित तथा लाभदाय बनाउन गाँउ गाँउमा बैदेशिक रोजगारी सम्वन्धी चेतनामूलक कार्यक्रम सँगै प्रचारप्रचार गर्नुपर्ने राजनैतिक दलका नेताहरुले जोड दिएका छन् ।
सामी÷हेल्भेटास नेपालको सहयोगमा तथा सवल नेपालद्वारा संचालित बिद्यालय तथा आमसंचार कार्यक्रम अन्तर्गत शुक्रवार राजबिराजमा जिल्लाका राजनैतिकदलहरु सँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिएका हुन् ।
रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले बिदेश जाने युवाहरुले महत्वपुर्ण जानकारी तथा सिप लिएर नजादाँ ठगीने गरेकोले सरकारले स्थानियस्तरबाट समस्याको सामाधान गर्नेपर्ने जोड दिनुभयो । यस्तै राप्रपा नेपालका मोहमद सकिलले स्वदेशमा रोजगारीको अभाव र राजनितिक अस्थिरता लगायत कारणले पछिल्लो बषै बैदेशिक रोजगारीमा जानेको संख्या हातै बढे पनि रोजगारीमा गएका युवाहरुले पाएको दुखकष्ट भन्ने अवस्था कहालि लाग्दो रहेकोले यसप्रति सम्वधित निकाय गम्भीर हुनूपर्ने बताउनुभयो ।
सो अन्तक्रियामा राजनीतिक दलहरुले ठगीने ऐजेन्ट तथा म्यनपावरलाई कानुनीको दायरा ल्याई त्यस्ता ब्यतmीहरुलाई कडा भन्दा कडा कार्यवाही गर्नूपर्ने बताउदै सकिलले भने यस्ता ठगीनेहरुलाई राजनितिकदलहरुवाट संरक्षण नपाउने प्रतिबधता जनाएका छन् ।
यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले गाँउ परिषद तथा जिल्ला परिषदमा युवा लक्षित कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारी सम्वन्धमा चेतनामुलक कार्यक्रमका लागी बजेट छुट्याउन गाबिस सचिवहरुलाई आग्रह गर्नुको साथै बैदेशिक रोजगारमा समस्यामा परेकाहरुलाई उद्दार तथा राहत कोषको लागी जिल्ला बिकास समितिमा पहल गनुपर्र्ने बताउनुभयो ।
सबल नेपाल मेडिया पार्टनरका परियोजना संयोजक अशोक कुमार साह, सुचना तथा परार्मश केन्द्रका परियोजना संयोजक रामप्रमेश मण्डलले जिल्लामा सवल नेपालले गरिरहको क्रियाकलाप वारेमा सहजीकरण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ