News Category 2073/06/03
आन्दोलन बाहेकको विकल्प छैन् ः नेताहरु
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले आइतबार “बर्तमान राजनीति परिस्थिति और हमारा संर्घष” विषयक अन्तक्रिया सम्पन्न गरेको छ ।
कार्यक्रमका सहभागी नेताहरुले बर्तमान सरकारबाट पनि माग पूरा गराउने आशा हराउँदै गएको भन्दै आन्दोलनको कुनै विकल्प नभएको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहले प्रधानमन्त्री भारतको भ्रमण अघि नै संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने जनाउँदा जनाउँदै पनि त्यसो नभएकोले प्रधानमन्त्रीको बोलीको ठेगाना नरहेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले पनि विगतकै सरकारको रवैयामा गइरहेको भन्दै अब पुनः आन्दोलन बाहेकको अन्य विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साहले सम्पूर्ण मधेशवादी शक्ति मिलेर राज्यलाई दवाव दिनुपर्ने बताउँदै आन्दोलन जारी नै रहेको र अधिकार नपाएसम्म जारी नै रहने बताउनुभयो ।
अन्तरक्रियामा मोर्चाका नेताहरुले सबै जना कुनै पार्टीको नभई मधेशी भनेर एक ठाउँमा उभिए मात्र सरकार मधेशीहरुको माग पूरा गर्न बाध्य हुने बताएका छन् ।
नेताहरुले मोर्चाको सहयोगमा समेत गठन भएको वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आरोप लगाउँदै प्रभानमन्त्रीको पनि बोलीको ठेगान नभएको आरोप लगाए ।
कार्यक्रममा उपस्थित बिभिन्न मधेशवादी दलका नेताहरुले आन्दोलनलाई सशक्त बनाउँदै अघि बढ्नुपर्ने सुझाव दिदै आन्दोलनले नै सरकारलाई झुकाउने र संविधान सशोधन गर्न बाध्य पार्ने बताए ।
यस्तै सोही कार्यक्रममा पूर्व प्राध्यापक अमरकान्त झाले आन्दोलनबाटै मधेशीहरुको माग पूरा हुने बताउँदै आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका जिल्ला अध्यक्ष अजय झाले वर्तमान संविधानमा न्यायपालिका, प्रहरी, सेना, मन्त्रीमण्डल समावेशी बनाउने कुरा कतै उल्लेख नभएको भन्दै अधिकांश धारा मधेशबिरोधी रहेको आरोप लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ