News Category 2073/06/04
सप्तरीसहित मधेशका विभिन्न जिल्लामा कालो दिन मनाइयो
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले नेपालको नयाँ संविधान जारि भएको एक वर्षको अवसरमा सोमबार कालो दिनको रुपमा मनाएको छ ।
सरकारले संविधान निर्माण भएको खुशियालीमा संविधान दिवस मनाउँदै गर्दा संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशवादी दलहरुले कालो दिवस मनाएका हुन् ।
राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट मधेशी मोर्चाको नेतृत्वमा निस्केको कालो झण्डासहित बिरोध प्रदर्शनले नगरको परिक्रमा गरेको थियो । प्रदर्शन पश्चात् स्थानिय गजेन्द्र चौकमा बिरोध सभा भएको थियो ।
नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष एवं मोर्चाका जिल्ला संयोजक अमरनाथ मण्डलको अध्यक्षतमा आयोजित बिरोध सभामा सद्भावना उपाध्यक्ष नवलकिशोर साह, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अनिरुद्ध प्रसाद सिंह, तमलोपाका केन्द्रिय सहमहामन्त्री जयप्रकाश ठाकुर, केन्द्रिय सदस्य अमरकान्त झा, साधना झा, रामसपाका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, सदुभावनाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, फोरमका युसुफ, तमसपाका जिल्ला अध्यक्ष कपीलदव यादव, फोरम गणतान्त्रिक जिल्ला अध्यक्ष नरेन्द्र यादव, अली लगायतका नेताहरुले त्रृटीपूर्ण संविधानलाई नसच्याएसम्म आन्दोलन जारि नै रहने बताउँदै अब पुनः सशक्त आन्दोलन हुने चेतावनी दिनुभयो ।
यस्तै नेपालको संविधान मधेश विरोधी रहेको भन्दै विरोध गर्दै आएका युवाहरुले सोमबार काठमाडौंमा मधेशीहरुको लास प्रदर्शन गरेका छन् । संविधान जारी भएको दिनको सम्झनामा आन्दोलनका क्रममा मधेशीहरुको हत्या गरिएको संकेतको रुपमा लासहरु प्रदर्शन गरिएको छ ।
मधेशी समाजले काठमाडौंको माइती घर मण्डलामा लासहरु बनाएर प्रदर्शन गरेको छ । साथै मधेशीमाथि राज्यबाट अत्याधिक दमन भए पनि अन्तर्रा्ष्ट्रिय समुदायले कुनै कदम नचालेको भन्दै बल्याक बुद्ध (कालो बुद्ध)को मुर्ति निर्माण गरी प्रदर्शन गरिएको छ । उक्त बुद्धहरुको मुखमा कालो पटी बाँधिएको थियो ।
कार्यक्रममा विश्लेषक सीके लालले नेपालको मृत संविधान धेरै दिन टिक्न नसक्ने बताउनुभयो । उहाँले मधेशलाई बन्दुकले दबाएर ल्याएको संविधान कसैको हितमा नहुने औल्याउनु भएको थियो ।
यसैगरि संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेशी–आदिवासी जनजातिलेहरुले सोमबार कालो दिवस मनाएका छन् । संविधान जारी भएको एक वर्ष पुरा भएको अवसरमा तिनीहरुले कालो दिवस मनाएका हुन् ।
अर्कोतर्फ नेपाल सरकार तथा नेकपा एमालेसहितका पार्टीले संविधान दिवस भव्यताका साथ मनाएका छन् ।
मधेशका सम्पूर्ण जिल्लामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरे बमोजिम कालो दिवस मनाइएको छ । त्यस्तै पहाडमा संघीय गठबन्धनमा आवद्ध दलको घोषणामा कालो दिवस मनाइएको छ ।
यसैगरि मधेशका मुख्य मुख्य शहरहरुमा हजारौंको संख्यामा सहभागी मधेशीहरुले नारावाजी गर्दै कालो पटी बाँधेर कालो दिवस मनाए । काठमाडौको माईती घर मण्डलामा मधेशी मोर्चा र मधेशी समाजले छुटाछुटै फरक फरक कार्यक्रमको आयोजना गरेको छ भने शान्तिबाटीकामा संघीय गठबन्धनले विरोध कार्यक्रमको आयोजना गरी कालो दिवस मनाएका छन् ।
यसैबीच नेपालमा संविधान घोषणा गरेको एक वर्षको अवसरमा विभिन्न कार्यक्रमहरु भई रहदा अमेरिका भने संविधान घोषणा गरेको दिनलाई कालो दिवस मनाएका छन् ।
अमेरिकामा रहेका मधेशी, आदिवासी जनजाति, थारु, लगायतका संघ संस्थाहरु मिलेर संविधान घोषणा गरेको दिनलाई कालो दिनको रुपमा मनाएका छन् । अमेरिकाको न्यूयोर्क शहरमा संविधान दिवसको अवसरमा कालो दिन मनाएका हुन ।
मधेशी, आदिवासी जनजाति, थारु, महिला, मुस्लिम लगायतको अधिकार कटौटी गरेको नेपालको हालको संविधानलाई तत्काल संशोधन गरी उनीहरुको अधिकार स्थापित गराउन पनि माग गरेका छन् । उनीहरुले तत्काल नेपालका राजनीतिक दलले संविधान संशोधन गरी सबैको आवाजलाई समेटेर सबैले स्वामित्व लिने संविधान बनाउन माग गरेका छन् ।
उनीहरुले नेपाल सबैको लागि, सबै नेपालका लागि नारा लगाउँदै तत्काल संविधान संशोधन गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ