News Category 2073/06/05
सप्तरीमा पुनः झाडापखालाको प्रकोप कोइलाडीमा २५ परिवारका ४० जना बिरामी
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
सप्तरीको कोइलाडी गाविस २ मा सोमबारदेखी झाडापखालाको प्रकोप देखा परेको छ । कोइलाडी गाविस वडा नं. २ का २५ परिवारमा सोमबारदेखी देखा परेको झाडापखालाको प्रकोप मंगलबार राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा बिरामीहरु उपचार गर्न आएपछि सार्वजनिक भएको हो ।
स्थानीय दिपेन्द्र मण्डल, रिना मण्डल, लगायतलाई पेट दुखेपछि स्थानिय क्लिनकमा उपचार्थ राजविराजस्थित अंचल अस्पतालमा भर्ना गरिएको छ । यस्तै सो गाविस वडा नं. २ का २५ परिवारका ४० जनालाई झाडापखाला लागेको स्थानियहरुले बताएका छन् । अहिले झाडापखाला फैलिएर अन्य वडाहरुमा समेत फैलिएको छ ।
अंचल अस्पतालमा झाडापखालाका ८ जना बिरामीहरुलाई उपचारका लागि भर्ना गरिएको छ । जसमध्ये दुई जना डिस्चार्ज भइसकेका छन् । तर, गाविसमा अहिले पनि दर्जनौं व्यक्ति झाडापखालाबाट ग्रसित छन् ।
यस्तै सो सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ अधिकृत एवं प्रमुख बिजय झाले गाविसमा फैलिएको झाडापखाला नियन्त्रणका लागि औषधी उपचारका साथै चिकित्सकको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो ।
यता स्थानियवासी एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश सिंहले दुई दिनअघि स्थानीयहरुले जमेको पानीबाट माछा मारेर खाएपछि झाडापखाला लागेको जानकारी दिनुभयो ।
यसअघि भदौं ३० गते जिल्लाको जमुनी मधेपुरा गाविस वडा न. २ को जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको थियो । सो गाविसमा खानेपानी फोहर भएको तथा खुल्ला स्थानमा शौच गर्ने गरेकोले सो प्रकोप फैलिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ