News Category 2073/06/06
खुल्ला ठाउँमा दिसा पिसाव गर्नेलाई १ हजार ५५ रुपैयाँ जरिवाना
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
खुल्ला ठाउँमा दिसा पिसाव गरेको कारणले सप्तरीका ब्रहमपुर गाविसमा दुई जनालाई १ हजार ५५ रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत ब्रहमपुर गाविसमा एक घर एक चर्पी निर्माण कार्य सफल पार्नका लागि गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति ब्रहमपुरको नेतृत्वमा खुल्ला दिसा पिसाव गरेकोले स्थानीय दुई जनालाई जरिवाना तिर्नुपरेको हो ।
समन्वय समितिले स्थानीय ब्रहमपुर गाविस १ का भगत लाल चौधरी र नहिम साहले बाहिर दिसा पिसाव गरेपछि जनहि १ हजार ५५ रुपैयाँ जरिवाना गराएर अगामी दिनमा खुल्ला ठाउँमा दिसा पिसाव नफेर्ने शर्तमा छाडिएको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अगामी असोजको दोश्रो सात्तासम्ममा ब्रहमपुर गाविसमा एक घर एक चर्पी निर्माण कार्य सम्पन्न हुने कार्य अन्तिम चरणमा रहेको तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति ब्रहमपुरको निर्णय अनुसार बाहिर दिसा पिसाव फेर्नलाई जरिवाना गर्ने निर्णय अनुसार सो कार्बाही गरिएको जानकारी दिनुभयो ।
ब्रहमपुर गाविसमा अहिले भिवासिसीको अगुवाईमा एक घर एक चर्पी निर्माण कार्य तिव्र रुपमा भईरहेको तथा सो अभियानलाई सफल पार्नका लागि नियमित घरदेलौ तथा बाहिर दिसा पिसाव फेर्न नदिनका लागि प्रहरी परिचालन तथा सिटी बजाउने कार्यक्रम संचालनमा रहेको संयोजक झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ