News Category 2073/06/06
कोइलाडीमा हैजा फैलियो, नियन्त्रण गर्न स्वास्थ्य टोली परिचालन
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको कोइलाडी गाविस २ मा हैजा फैलिएको छ । दुई दिनअघि सो गाविसमा फैलिएको झाडापखालाको प्रकोपपछि बिरामीहरुको दिसाको परीक्षण पश्चात् हैजा भएको पुष्टि भएको हो ।
कोइलाडी गाविस वडा नं. २ का २५ परिवारमा सोमबारदेखी झाडापखालाको प्रकोप देखिएको थियो । सो गाविसमा ४० जना बिरामीहरुलाई बुधबार स्लाइन पानी दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यता झाडापखालाबाट गम्भिर ६ जना बिरामीहरुलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ । अहिले झाडापखाला फैलिएर अन्य वडाहरुमा समेत फैलिएको छ ।
मंगलबार अंचल अस्पतालमा झाडापखालाका ८ जना बिरामीहरु मध्ये दुई जनाको दिसाको परिक्षण पश्चात् हैजाको किटानु देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बिजय झाले जानकारी दिनुभयो । उहाँले सो क्षेत्रको पानी समेत दुषित रहेकोले हैजा झाडापखाला पश्चात् हैजा फैलिएको हुन सक्ने बताउनुभयो ।
अहिले सो टोलीमा फैलिएको झाडापखाला नियन्त्रणका काठमाडौंबाट स्वास्थ्य टोली समेत परिचालन भएको तथा औषधी उपचारका साथै चिकित्सकको टोली त्यसतर्फ प्रस्थान गरिसकेको उहाँले जानकारी दिनुभयो ।
यसअघि भदौं ३० गते जिल्लाको जमुनी मधेपुरा गाविस वडा न. २ को जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको थियो । सो गाविसमा खानेपानी फोहर भएको तथा खुल्ला स्थानमा शौच गर्ने गरेकोले सो प्रकोप फैलिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ