News Category 2073/06/08
क्रान्तिकारी माओवादीका १५ नेता कार्यकर्ता पक्राउ चार नेताद्वारा प्रहरी परिसरमै आमरण अनसन सुरु
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का १५ जना नेता कार्यकर्ताहरुलाई विभिन्न आरोप लगाउँदै काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
यता पक्राउ परेका क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र गहतराजलाई चन्दा संकलन गरेको आरोपपत्रमा प्रहरीले बुधबार पक्राउ गरी शुक्रबार जिल्ला अदालतमा चन्दा असुली मुद्दा लगाएर म्याद थप गरेको छ ।
पक्राउ परेका चारै जनालाई काठमाडौंस्थित सिंहदरबार प्रहरी परिसर अनामनगरमा राखिएको छ । यसैबीच प्रहरी हिरासतमा रहेका चारै जनाले थुना भित्र राजनीतिक बन्दिको रूपमा ब्यवहार गर्न र राज्यले लगाएको झुठ्ठा मुदा फिर्ता गरि तत्काल रिहाको माग गर्दै शुक्रबार बिहान ६ बजेदेखी आमरण अनसनमा बसेका छन् ।
सोही पक्राउ विरुद्ध तथा रिहाईको माग गर्दै माओवादीले शुक्रबार चक्काजामको आयोजना गरेको थियो ।
यसैबीच पार्टीका अध्यक्ष वैद्यले शुक्रबारै प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यहरू शारदा महत, प्रा डा जगदीशचन्द्र भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक नेपाली, केन्द्रीय सदस्य श्रेष्ठ र गहतराजलाई लगायत १५ जनालाई गिरफ्तार गरेकोमा बिना शर्त रिहाईको माग गर्नुभएको छ ।
विज्ञप्तिमा झुट्टा मुद्दाको खारेजी र निर्दोष कार्यकर्ताकोे रिहाइको निमित्त शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले उहाँहरूलाई पक्राउ गरेको भन्दै अविलम्ब रिहाइको माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ