News Category 2073/06/08
विद्युत चोरी गर्ने ९ पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
सप्तरी जिल्लाको विभिन्न स्थानबाट प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोलीले शुक्रबार दिउँसो बिद्युत चोरी गर्ने नौ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सप्तरी लालापट्टी ८ का हरेबी मन्सुरी, छिन्नमस्ता २ का रामनारायण पण्डित, छिन्नमस्ता १ का रामबृक्ष पंण्डित, ईटहरी बिष्णुपुर ४ का ठेकाई यादव, ईटहरी बिष्णपुर १ का नन्द किशोर यादव, ईटहरी बिष्णपुर १ का रबिन कुमार मण्डल, छिन्नस्ता १ का सुर्यनारायण मण्डल, ईटहरी बिष्णपुर २ का जितेन्द्र कुमार मण्डल र छिन्नमस्ता २ का बब्लु ठाकुर छन् ।
उनीहरुलाई बिद्युत प्राधिकरणका कर्मचारी र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको अगुगमन टोलीले हुकिङ गरी घरमा बिजुली लगेको अवस्थामा नियन्त्रणमा लिईएको हो । पक्राउ परेका उपर बिद्युत प्राधिकरण राजविराजबाट बिद्युत ऐन अन्तगर कारवाही शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ