News Category 2073/06/11
समयभित्रै निर्वाचन गर्न सरकार प्रतिबद्ध ः उपप्रम निधि
दैनिक समाचारदाता
महोत्तरी, १० असोज ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमतिमै स्थानीय निकायको निक्र्योल गरेर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सोमबार महोत्तरीको बर्दिबासमा प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आयोजना गरेको ‘सुशासनको सन्दर्भमा सेवा प्रवाह र सुधार’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री निधिले सुशासनको आधारभूत जग नै स्थानीय निकाय भएकाले सरकार समयमै निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा लागेको बताउनुभएको हो ।
अहिले संविधान कार्यान्वयनको पहिलो चरणमा संविधानलाई सर्वस्वीकार्य बनाउन मधेसवादी दलको असन्तुष्टि सम्बोधनका लागि संविधान संशोधनको गृहकार्यमा सरकार लागिपरेको उहाँको भनाइ छ । यसका लागि प्रादेशिक सीमाङ्कन, भाषा, राष्ट्रिय सभाको गठन प्रक्रिया र अङ्गीकृत नागरिकताबारे संविधानमा थप स्पष्ट पार्न मधेसवादी दल र अन्य दलसँग गृहकार्य भइरहेको उपप्रधानमन्त्री निधिले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ