News Category 2073/06/12
प्राधिकरणकै कर्मचारी विद्युत हुकिङ गर्दै, प्राधिकरण बेखबर
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
विगत केही समय यता नेपाल विद्युत प्राधिरकणले बढ्दो विद्युत हुकिङ्ग नियन्त्रण अभियानलाई तिव्रता दिएपनि प्राधिकरणकै कर्मचारीहरुले खुल्लेआम विद्युत हुकिङ्ग गर्दै आएको खुलासा भएको छ ।
विगत लामो समयदेखि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका मिटर रिडरको रुपमा कार्यरत सप्तरीको नर्घो गाविस ८ का महेन्द्र यादवले वर्षौदेखि विद्युत हुकिङ्ग गरेर नै विद्युतको खुल्लेआम चोरी गर्दै आएको खुलासा भएको हो ।
नेपाल विद्युत प्राधिकरणले आम सर्वसाधारणहरुले विद्युत हुकिङ्ग गरेको आरोप विगत दुई सातादेखी धमाधम पक्राउ गरी कार्वाही गर्दै आएपनि प्राधिकरणका कर्मचारीले यसरी खुल्लेआम विद्युत चोरी गरी हुकिङ्ग गरेपनि पक्राउ नगरेको स्थानीयबासीहरुको आरोप छ ।
यादवले अहिले सम्म पनि विद्युतको मिटर नलिएका व्यक्तिहरुलाई खुलेआम विद्युत हुकिङ्ग गरेर विद्युत लाइन संचालन गरे पनि प्राधिकरण कानमा तेल हालेर सुतेको छ ।
यता नेपाल विद्युत प्राधिकरणमा जिल्लाको विभिन्न ग्रामिण भेगका हजारौ स्थानीयबासीहरुले मिटरको लागि आवेदन दिएको महिनौ बितिसक्दा पनि सेवाग्राहीलले अहिलेसम्म मिटर नपाएको गुनासो गरेका छन ।
विद्युतको मिटरका लागि विगत पाँच महिना अगाडि आवेदन दिएपनि हालसम्म प्राधिकरणले विद्युत मिटर उपलब्ध नगराएको बरही बिरपुर गाविस ७ का संजिव कुमार यादवको गुनासो छ । यादव जस्तै जिल्लाको हजारौ सेवाग्राहीहरुले विद्युत मिटरको लागि आवेदन दिएपनि सेवाग्राहीहरुलाई समयमा मिटर नपाउने तथा मिटरको लागि महिनौ दिनसम्म प्राधिकरणमा दौडधुप गर्नुपरेको छ ।
यसैबिच सो सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका प्रमुख राम उदगार साहसँग सम्पर्क गर्दा उहाँले विद्युत हुकिङ्ग गर्ने छुट कसैलाई नभएको बताउँदै उहाँले त्यस्तो कर्मचारीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले हाल विद्युत मिटरका लागि जिल्लामा करिब ५ हजार आवेदन परेको भन्दै दरखास्त दिए अनुसारको ग्राहकलाई मिटर बितरण गरिरहेको जानकारी दिनुभयो ।
यसैबिच नेपाल बिद्युत प्राधिकरण राजबिराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले मंगलबार सप्तरीको विभिन्न गाविसबाट ११ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको राजबिराज नगरपालिका २ बस्ने जान मोहमद, दिघवा ७ बस्ने धिरज मण्डल, राजबिराज नगरपालिका २ बस्ने बिनोदनन्द झा, राजबिराज नपा १० बस्ने असोक कुमार राम, राजबिराज नपा १० बस्ने महेश प्रसाद खंग, बरहीबिरपुर ५ बस्ने महेश कुमार यादव सोही ठाउँका शिवनारायण यादव, मोहन प्रसाद यादव, दिघवा ९ बस्ने मुकेस कुमार यादव, राजबिराज १० बस्ने सुरज राम, राजबिराज १० बस्ने धुरन मिया सहितकाहरु रहेका छन ।
पक्राउ परेकाहरुलाई विद्युत ऐन अनुसारको कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ