News Category 2073/06/12
प्राधिकरणकै कर्मचारी विद्युत हुकिङ गर्दै, प्राधिकरण बेखबर
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
विगत केही समय यता नेपाल विद्युत प्राधिरकणले बढ्दो विद्युत हुकिङ्ग नियन्त्रण अभियानलाई तिव्रता दिएपनि प्राधिकरणकै कर्मचारीहरुले खुल्लेआम विद्युत हुकिङ्ग गर्दै आएको खुलासा भएको छ ।
विगत लामो समयदेखि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका मिटर रिडरको रुपमा कार्यरत सप्तरीको नर्घो गाविस ८ का महेन्द्र यादवले वर्षौदेखि विद्युत हुकिङ्ग गरेर नै विद्युतको खुल्लेआम चोरी गर्दै आएको खुलासा भएको हो ।
नेपाल विद्युत प्राधिकरणले आम सर्वसाधारणहरुले विद्युत हुकिङ्ग गरेको आरोप विगत दुई सातादेखी धमाधम पक्राउ गरी कार्वाही गर्दै आएपनि प्राधिकरणका कर्मचारीले यसरी खुल्लेआम विद्युत चोरी गरी हुकिङ्ग गरेपनि पक्राउ नगरेको स्थानीयबासीहरुको आरोप छ ।
यादवले अहिले सम्म पनि विद्युतको मिटर नलिएका व्यक्तिहरुलाई खुलेआम विद्युत हुकिङ्ग गरेर विद्युत लाइन संचालन गरे पनि प्राधिकरण कानमा तेल हालेर सुतेको छ ।
यता नेपाल विद्युत प्राधिकरणमा जिल्लाको विभिन्न ग्रामिण भेगका हजारौ स्थानीयबासीहरुले मिटरको लागि आवेदन दिएको महिनौ बितिसक्दा पनि सेवाग्राहीलले अहिलेसम्म मिटर नपाएको गुनासो गरेका छन ।
विद्युतको मिटरका लागि विगत पाँच महिना अगाडि आवेदन दिएपनि हालसम्म प्राधिकरणले विद्युत मिटर उपलब्ध नगराएको बरही बिरपुर गाविस ७ का संजिव कुमार यादवको गुनासो छ । यादव जस्तै जिल्लाको हजारौ सेवाग्राहीहरुले विद्युत मिटरको लागि आवेदन दिएपनि सेवाग्राहीहरुलाई समयमा मिटर नपाउने तथा मिटरको लागि महिनौ दिनसम्म प्राधिकरणमा दौडधुप गर्नुपरेको छ ।
यसैबिच सो सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका प्रमुख राम उदगार साहसँग सम्पर्क गर्दा उहाँले विद्युत हुकिङ्ग गर्ने छुट कसैलाई नभएको बताउँदै उहाँले त्यस्तो कर्मचारीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले हाल विद्युत मिटरका लागि जिल्लामा करिब ५ हजार आवेदन परेको भन्दै दरखास्त दिए अनुसारको ग्राहकलाई मिटर बितरण गरिरहेको जानकारी दिनुभयो ।
यसैबिच नेपाल बिद्युत प्राधिकरण राजबिराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले मंगलबार सप्तरीको विभिन्न गाविसबाट ११ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको राजबिराज नगरपालिका २ बस्ने जान मोहमद, दिघवा ७ बस्ने धिरज मण्डल, राजबिराज नगरपालिका २ बस्ने बिनोदनन्द झा, राजबिराज नपा १० बस्ने असोक कुमार राम, राजबिराज नपा १० बस्ने महेश प्रसाद खंग, बरहीबिरपुर ५ बस्ने महेश कुमार यादव सोही ठाउँका शिवनारायण यादव, मोहन प्रसाद यादव, दिघवा ९ बस्ने मुकेस कुमार यादव, राजबिराज १० बस्ने सुरज राम, राजबिराज १० बस्ने धुरन मिया सहितकाहरु रहेका छन ।
पक्राउ परेकाहरुलाई विद्युत ऐन अनुसारको कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ