News Category 2073/06/12
जिर्ण बाटो निर्माणका लागि संघर्ष समितिले स्मरण पत्र बुझायो
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
सप्तरीको भारदह पोर्ताहादेखि डाढा हुँदै पकरीसम्म जाने पुर्वी ग्रामिण भेगका १५ किलोमिटरको जिर्ण बाटो निर्माणका लागि संघर्ष समितिले स्मरण पत्र बुझाएको छ ।
भारदह पोर्ताहा डाढा पकरी सडक निर्माण संघर्ष समितिका संयोजक जयसुन्दर खिडहरी यादवको नेतृत्वमा बर्षौदेखि जिर्ण सो सडक खण्ड मर्मत सम्भारको माग गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम समक्ष मंगलबार स्मरण पत्र बुझाएका हुन ।
बुझाईएको स्मरण पत्रमा सो जिर्ण सडकका कारणले त्यस भेगका लाखौ जनताहरुलाई दैनिक सदरमुकाम राजविराज आवत जवात गर्नमा निकै समस्या भईरहेको भन्दै जिर्ण सडक अविलम्व मर्मत सम्भार गर्नुपर्ने माग गरिएको हो ।
सो जिर्ण सडक मर्मत सम्भारका लागि जिल्ला विकास समिति सप्तरीबाट बर्षेनी केही रकम छुट्याईएपनि अर्कोतिर सो रकम के कहाँ कति खर्च भएको हो भन्ने सम्बन्धमा पारदर्शी नभएको आरोप लगाईएको छ ।
त्यस्तै सो सडक खण्ड मर्मत सम्भारका लागि आर्थिक वर्ष २०७२÷०७३ मा छुट्याइएको रकम कति खर्च भएको हो सो सार्वजनिक गर्नुपर्ने तथा जिर्ण सडक मर्मत सम्भार प्रति समयमै सम्बन्धित निकायको ध्यान जानुपर्ने जोडदार रुपमा माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ