News Category 2073/06/12
जिर्ण बाटो निर्माणका लागि संघर्ष समितिले स्मरण पत्र बुझायो
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
सप्तरीको भारदह पोर्ताहादेखि डाढा हुँदै पकरीसम्म जाने पुर्वी ग्रामिण भेगका १५ किलोमिटरको जिर्ण बाटो निर्माणका लागि संघर्ष समितिले स्मरण पत्र बुझाएको छ ।
भारदह पोर्ताहा डाढा पकरी सडक निर्माण संघर्ष समितिका संयोजक जयसुन्दर खिडहरी यादवको नेतृत्वमा बर्षौदेखि जिर्ण सो सडक खण्ड मर्मत सम्भारको माग गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम समक्ष मंगलबार स्मरण पत्र बुझाएका हुन ।
बुझाईएको स्मरण पत्रमा सो जिर्ण सडकका कारणले त्यस भेगका लाखौ जनताहरुलाई दैनिक सदरमुकाम राजविराज आवत जवात गर्नमा निकै समस्या भईरहेको भन्दै जिर्ण सडक अविलम्व मर्मत सम्भार गर्नुपर्ने माग गरिएको हो ।
सो जिर्ण सडक मर्मत सम्भारका लागि जिल्ला विकास समिति सप्तरीबाट बर्षेनी केही रकम छुट्याईएपनि अर्कोतिर सो रकम के कहाँ कति खर्च भएको हो भन्ने सम्बन्धमा पारदर्शी नभएको आरोप लगाईएको छ ।
त्यस्तै सो सडक खण्ड मर्मत सम्भारका लागि आर्थिक वर्ष २०७२÷०७३ मा छुट्याइएको रकम कति खर्च भएको हो सो सार्वजनिक गर्नुपर्ने तथा जिर्ण सडक मर्मत सम्भार प्रति समयमै सम्बन्धित निकायको ध्यान जानुपर्ने जोडदार रुपमा माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ