News Category 2073/06/15
बाढी पीडितहरुको राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
वर्षापछि आएको बाढीले डुबानमा परेका सप्तरीको विभिन्न गाविसका बाढी पीडितहरुको राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउने विषयमा शुक्रबार राजविराजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एक्सन एड नेपालको सहयोग तथा सेड नेपालको आयोजनामा बाढी पीडितहरुको राहत पुर्नस्थापना कार्यलाई कसरी प्रभावकारी बनाउने विषयमा जिल्लाको बाढी प्रभावित गाविसहरु तिलाठी, रम्पुरा मल्हनिया, को.बसाईन र सकरपुरा गाविस अन्तरक्रिया कार्यक्रममा बाढीको समस्या, समाधानको उपाय, बाढी पश्चात् स्थानीय प्रशासन तथा गाविसको सक्रियता, तिनीहरुको कार्यको मुल्याङन र विभिन्न संस्थाहरुले गरेको कार्यको समेत समिक्षा गरिएको थियो ।
सेड नेपालका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित सो अन्तरक्रिया कार्यक्रममा जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी धिरेन्द्र यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक राज नारायण ठाकुर, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी भिम ढाकाल, तिलाठी गाविसका सचिव ओम प्रकाश ठाकुर, पत्रकार वैजनाथ झा, वैद्यनाथ यादव, श्यामसुन्दर यादव लगायतका बक्ताहरुले बाढी पीडितहरुलाई प्रभावकारी ढंगले राहत बितरण गर्नु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै बाढी प्रभावित चार गाविसमा बाढीका कारणले उत्पन्न समस्या बुभ्mने तथा अगामी दिनमा यस्तो समस्या हुन नदिनका लागि सरोकारबालाहरुले समेत ध्यान दिने उद्देश्य रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ