News Category 2073/06/17
जेष्ठ नागरिकहरु सम्मानित
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
राष्ट्र विकासमा योगदान गर्ने सप्तरीका विभिन्न क्षेत्रका जेष्ठ नागरिकलाई आईतवार एक कार्यक्रमबीच सम्मान गरिएको छ ।
सो कार्यक्रममा सप्तरी निवासी पूर्वमन्त्री चतुर्भुज प्रसाद सिंह, लोक सेवा आयोगका पूर्व अध्यक्ष सत्यनारायण झा, समाजसेवी गायत्री सिंह, बुद्धी सागर देव, अघोरी यादव, टुनटुन यादव, नारायण झा, सावित्री देवी चौधरी, महन्थी दास यादव र रामकरण शारदालाई दोसल्ला आढाएर सम्मान गरिएको हो ।
उहाँहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले फुलमाला र दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।
जेष्ठ नागरिक जिल्ला संघ सप्तरीको आयोजनामा अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आयोजना गरिएको कार्यव्रmममा निमित्त प्रजिअ अर्यालले जेष्ठ नागरिकले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई सवैले अत्मसात गरि राष्ट्रिय सेवामा योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
संघका अध्यक्ष शिवहरी प्रसाद भटृराईको अध्यक्षतामा आयोजित सम्मान समारोहमा प्रहरी उपरीक्षक भीम प्रसाद ढकाल, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, समाजसेवी शंकर शारदा लगायतले पनि जेष्ठ नागरिकको सम्मानद्वारा असल परम्पराको शुरुवात भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
सप्तरीमा मात्र २० हजार भन्दा बढी जेष्ठ नागरिकहरु रहेको संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ