News Category 2073/06/17
भन्सार छलेका सामानहरु भन्सार बुझाइयो
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
सप्तरी प्रहरीले आईतबार भन्सार छलेर ल्याउँदै गरेको सामानहरु भन्सार बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी तिलाठीबाट खटिएको टोलीले शनिबार राती राजविराज नगरपालिका ८ कुनौली र तिलाठी गाविस ८ खाडो खोलाबाट व्यापारिक प्रयोजनका लागी भन्सार छलेर ल्याउदै गरेको बिभिन्न सामानहरु बरामद गरेको हो ।
बरामद सामानहरुमा विस्कुट, सुर्ती, अगरबती, भुजिया, चकलेट, चिनी, चियापत्ती र सातु रहेको छ। बरामद सामानहरु आइतबारै तिलाठी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी प्रहरीको गस्ती टोलीले राजबिराज नगरपालिका ८ स्थित कुनौली रोडबाट ब्यापारिक प्रयोजनका लागि भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अगरबत्ति २६ बण्डल, चनाको सातु २०केजी गरी करिब अन्दाजी १५ हजार मुल्य बराबरको अवैध सामान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता बरामद मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ