News Category 2073/06/18
नाकको फुली बेचेर सनिचरी मरिकले चर्पी बनाईन
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
भनिन्छ त जहाँ ईक्छा त्यहाँ उपाय ठिक यस्तै सप्तरीको ब्रहमपुर गाविस ६ की सनिचरी देवी मरिक डोमले नाकको फुल बेचेर चर्पी बनाएकी छिन ।
सन् २०१६ भित्र सप्तरी जिल्लालाई र २०१७ मा नेपाललाई नै खुल्ला दिसा मुक्त बनाउने सरकारको लक्ष्य अनुरुप त्यहाँकी डोम महिलाको आर्थिक अवस्था कमजोर भएकाले आप्mनो नाकको फुलि समेत बेचेर घरमा चर्पी बनाएकी हुन ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपालद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान अन्तर्गत ब्रहमपुर गाविसमा पनि एक घर एक चर्पी निर्माण कार्यको थालनी भएपछि मरिकको आर्थिक अवस्था एक दममै कमजोर भएर पनि ईच्छा भएपछि नाकको फुकी बेचेर नै चर्पी बनाएको मरिकले बताईन ।
उहाँका अनुसार आप्mनो गाउँमा पनि एक घर एक चर्पी निर्माण कार्यको लहर शुरु भएपछि आफुले आफनो नाकको फुल बेचेर भएपनि चर्पि बनाएको तथा चर्पीमै गएर दिसा पिसाव फेर्ने गरेको बताईन । मरिकको यस्तो कार्य सप्तरी जिल्लाकै लागि उदाहरणीय र यसबाट सबै जनाले सीप सिक्नुपर्ने अवस्था रहेको छ ।
ब्रह्मपुर गाविसमा विगत लामो समयदेदेखि एक घर एक चर्पी निर्माण कार्य चल्दै आएको तथा सोही अनुरुप डोम जात्तिले पनि त्यहाँ घर घरमा चर्पी निर्माण कार्यको थालनी गरेको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ब्रहमपुर सहित गम्हरिया प्रवाहा, पातो, औरही, कोचाबखारी, नर्घो, झुटकी, बनैनिया, मलेकपुर, छिन्नमस्ता, बनैनिया सहितका विभिन्न गाविसहरुमा तिव्र रुपमा एक घर एक चर्पी निर्माण कार्य संचालनमा छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ