News Category 2073/06/21
प्रेस सेन्टरद्वारा शुभकामना आदान प्रदान कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति सप्तरीको आयोजनामा बिहिबार वडा दशै, शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यव्रmममा पूर्व सिंचाई मन्त्री एवं सप्तरी क्षेत्र नं. ३ का सांसद तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य उमेश कुमार यादवले उत्पीडित मधेशी र पहाडी समुदाय मिलेर आफ्नो हक अधिकारको लागि लड्नु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरि सप्तरी क्षेत्र नं. २ का सांसद तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अशोक कुमार मण्डलले जिल्लामा भ्रष्टाचारको विगविगीको कारण विकास कार्यले गति लिन नसकेकोले सञ्चारकर्मीहरुलाई सो विषयमा कलम चलाउन आग्रह गर्नुभयो ।
त्यस्तै सप्तरी क्षेत्र नं. १ का सांसद एवम् माओवादी केन्द्रका पोटिब्युरो सदस्य मानपुर चौधरीले मधेश आन्दोलन, थारु आन्दोलन लगायतको आन्दोलनको पक्षमा आफु सदैव लागेको बताउँदै मधेशी, थारु, आदिवासी, जनजातीहरुले जवसम्म अधिकार पाउँदैन तवसम्म आफुले लडिरहने बताउनुभयो ।
त्यस्तै माओवादी केन्द्रका पोटिलब्युरो सदस्य महेश प्रसाद यादवले आफुले जनता समक्ष वाचा गरेको कुराको ब्यवहारमा पालना गर्नेतर्पm लाग्न सवैलाई आग्रह गर्दै सवै पक्ष अहिले मुलुकमा जारी संविधानको कार्यान्वयनमा आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्नुभयो ।
प्रेस सेन्टर नेपाल, सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ताको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष देवराम यादवको प्रमुख आतिथ्यमा सम्पन्न शुभकामना आदान प्रदान कार्यव्रmममा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य असर्फी सदा, दिपेन्द्र माझी, हरिनारायण महतो, बैजु यादव, प्रभाकर सिंह, जयप्रकाश यादव, पत्रकार महासंघका कार्यबाहक अध्यक्ष श्रवण कुमार देव, प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश झा, प्रेस फोरमका सप्तरी अध्यक्ष श्याम सुन्दर यादव, सचिव जितेन्द्र झा, वरिष्ठ पत्रकार शिवहरी प्रसाद भटृराई, नयाँ शक्ति सप्तरीका संयोजक छेदी रजक, मधेशी मोर्चा सप्तरीका संयोजक सुवी यादव, नगर संयोजक उमेश साह, प्रेस सेन्टर सप्तरीका सल्लाहकार सुरेन्द्र प्रसाद गुप्ता, भगवती प्रसाद यादव, सहिद बेपत्ता परिवारका कविता ठाकुर लगायतका वक्ताहरुले आ–आफ्नो शुभकामना मन्तब्य दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ