News Category 2073/06/19
खुल्ला ठाउँमा दिसा गर्ने तीन जनालाई १ हजार ५५ रुपैयाँ जरिवाना
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
खुल्ला ठाउँमा दिसा पिसाव गरेको कारणले सप्तरीका ब्रहमपुर गाविसमा थप तीन जनालाई पक्राउ गरी १ हजार ५५ रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत ब्रहमपुर गाविसमा एक घर एक चर्पी निर्माण कार्य सफल पार्नका लागि गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति ब्रहमपुरको नेतृत्वमा खुल्ला दिसा पिसाव गरेकोले स्थानीय तीन जनालाई जरिवाना तिर्नुपरेको हो ।
समन्वय समितिले स्थानीय ब्रहमपुर गाविस २ का राम नारायण मण्डल ननुवा, सिताराम विश्वकर्मा र वडा न. ३ का बुधन दास सदाले बाहिर दिसा पिसाव गरेपछि जनहि १ हजार ५५ रुपैयाँ जरिवाना गराएर अगामी दिनमा खुल्ला ठाउँमा दिसा पिसाव नफेर्ने शर्तमा छाडिएको सबल नेपालका कार्यक्रम फिल्ड अफिसर देबेश कुमार चौधरीले जानकारी दिनुभयो ।
ब्रहमपुर गाविसमा एक घर एक चर्पी निर्माण कार्य सम्पन्न हुने कार्य अन्तिम चरणमा रहेको तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति ब्रहमपुरको निर्णय अनुसार बाहिर दिसा पिसाव फेर्नलाई जरिवाना गर्ने निर्णय अनुसार सो कार्बाही गरिएको जानकारी दिनुभयो ।
ब्रहमपुर गाविसमा अहिले भिवासिसीको अगुवाईमा एक घर एक चर्पी निर्माण कार्य अन्तिम चरणमा पुगेको तथा सो अभियानलाई सफल पार्नका लागि नियमित घरदेलौ तथा बाहिर दिसा पिसाव फेर्न नदिनका लागि प्रहरी परिचालन तथा सिटी बजाउने कार्यक्रम संचालनमा रहेको गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति भिवासिसी ब्रहमपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ