News Category 2073/06/19
सशस्त्र द्वन्द्वका क्रममा घाइते, अंगभंग भएकाहरुको निःशुल्क उपचार हुने
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
सशस्त्र द्वन्द्वका क्रममा घाइते, अंगभंग भएकाहरुलाई निःशुल्क उपचारका लागि स्थानिय शान्ति समितिले पहल गर्ने भएको छ ।
सप्तरी जिल्लामा द्वन्द्व प्रभावित व्यक्तिहरुको खोजी गरी उनीहरुलाई उपचारका लागि सहयोग गर्न स्थानीय शान्ति समितिले पहल गर्ने जनाएको छ ।
राजविराजमा मंगलबार आयोजित युद्वकालका द्वन्द्व पीडितको स्वास्थ्य समस्या र समधानका उपायबारे अन्तरकृया कार्यक्रममा सो जनाकारी गराउँदै धरानस्थित वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानभित्र संचालनमा आएको पुर्नस्थापना केन्द्रमा लगी सशस्त्र द्वन्द्वका घाइते र अंगभंग भएकाहरुको उपचार गराइने जनाएको छ ।
कार्यक्रममा सहभागी वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक प्राध्यापक डा. गुरु प्रसाद खनालले शान्ति समितिको सिफारिसमा आउनेलाई निःशुल्क उपचार गर्दै धरान पुग्ने र फर्किने यातायात वापतको रकम समेत उपलब्ध गराइने जानकारी दिनुभयो ।
उहाँले केन्द्रमा सशस्त्र द्वन्द्वका घाइतेहरुको उपचार २०७४ साल असारसम्म निःशुल्क हुने बताउँदै हाडजोर्नीका सम्पूर्ण उपचार हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी रहेका निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले सशस्त्र जनयुद्वका क्रममा घाइते भएका सबैको खोजी गर्न स्थानीय शान्ति समितिले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो ।
स्थानीय शान्ति समितिका अध्यक्ष निरंजन झाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी भीम प्रसाद ढकाल, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र मण्डल, वरिष्ठ पत्रकार शिबहरी भट्टराईसहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ