News Category 2073/06/27
राजविराजबाट चोरी भएको मोबाईलसहित सिरहाबाट एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
सिरहा प्रहरीले सप्तरी जिल्लाबाट एक साताअघि चोरी भएको मोवाईल फोनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका १९ बस्ने राजु भन्ने राजकुमार यादव छन् । यादवलाई इलाका प्रहरी कार्यालय लहानको टोलीले शुक्रबार दिउँसो २४ थान मोवाईल फोनसहित पक्राउ गरेको हो ।
यादवको साथबाट बिभिन्न ब्राण्ड २२ थान नयाँ तथा २ थान पुरानो मोवाईल फोन बरामद भएको थियो । प्रहरीले उनीसंग खरिद विल माग गर्दा देखाउन नसकेपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा बरामद फोनहरु असोज २० गते राती सप्तरी राजबिराज नगरपालिका १ स्थित एक मोवाईल पसलबाट चोरी भएको खुल्न आएको थियो ।
यादवको साथबाट बसको टिकट र ४ थान सिमकार्डसमेत बरामद भएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धानकालागी एवं कारवाहीकालागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ