News Category 2073/07/02
बेमौसमी तरकारी खेति गरेर बार्षिक लाखौं आम्दानी गर्दै ग्रामिण महिला
दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
मधेशी समुदायका महिलाहरुको लागि सप्तरीको सकरपुरा गाविसकी महिलाहरु खेतीपातीबाट मगन्य आम्दानी गरि उदाहरणीय काम गरेका छन ।
घरको चार दिवारीमा सिमित रहने तराई मधेशका महिलाहरु अचेल घरमैं बसेर बेमौसमी तरकारी खेति गरेर बार्षिक लाखौं आम्दानी गर्दै आएका हुन ।
पछिल्लो पटक जिल्लाको सकरपुरा गाविसका दर्जनौ महिलाहरु बेमौसमी तरकारी खेतिबाट मासिक राम्रो आम्दानी गर्दै आएका छन् ।
सकरपुरा ५ की रिता देवी साहले कृष्ण कृषि सहकारी संस्था लि.दर्ता गरी सो संस्था मार्फत विभिन्न किसिमका बेमौसमी तरकारी खेति गरेर आफनो घरपरिवार चलाउँदैं आएकी छिन ।
जिल्लाको दक्षिणी भेगमा अवस्थित सकरपुरा गाविस वार्डका दर्जनौ महिलाहरुले खेतीपाती सम्बन्धि हरेक कामकाज आफैले गर्दै आएका छन । पछिल्लो समयमा सो समुह गठन भएसँगै उहाँहरु तरकारी खेतीबाट मासिक १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन ।
अक्सफाम नेपालको सहयोग तथा कोशी पीडित समाजद्वारा संचालित बाढी पीडित क्षेत्रका महिलाहरु आत्म निर्भर बन्नका लागि विभिन्न कृषि समुह मार्फत बेमौसमी तरकारी खेति गरेर राम्रो आम्दानी गर्दै आएका छन । उहाँहरु त्यस समुहमा आवद्ध भई आप्mनै खेतमा विभिन्न किसिमका बेमौसमी तथा सिजनली तरकारी बाली लगाएर बर्षभरि नै घरको कामकाज सँगै तरकारी खेतीबाट मगन्य आम्दानी गर्न सफल भएका हुन ।
घरको आर्थिक अवस्था कमजोर रहेकोले उनीहरु श्रीमान काम विशेषले बाहिर रहेको समयमा उनीहरु स्वयम दिनरात मिहीनेत गरि वेमौसमी तथा सिजनली तरकारी खेती गर्दै आएको सकरपुरा गाविस वडा न. ९ की अमेरिका देवी मुखियाले बताईन ।
उहाँले ७ दिने सामुहिक रुपमा तालिम लिएका उनीहरु मासिक रुपमा एक सयका दरले रकम जम्मा गर्दै वचत गर्ने वानी समेत बसालेका हुन । समयानुकुल आफुहरु घरको हरेक काम गरि वालवच्चालाई विद्यालय पठाएपछि उनीहरु दिनभरि टन्टलापुर घाममा तरकारी संरक्षण तथा उत्पादन भएको तरकारीलाई बजार व्यवस्थापन कार्यमा व्यस्त हुने गरेको समितीका सदस्य संजु देवीले बताईन ।
स्थानियस्तरमा सुलभ रुपमा सिचाई, विद्युत तथा बजारको अभावमै तरकारी खेतीबाट मासिक रुपमा तरकारी खेतीबाट १० देखि १५ हजारसम्म आम्दानी गर्दै आएका सुमित्रा देवी साहले बताईन ।
त्यस्तैं सकरपुरा गाविस वडा न. ७ की मकुनन्ति देवी मुखियाले आफनो खेतमा आलु, प्याज, कोभि, बन्दा सहितका विभिन्न बेमौसमी तरकारी खेति गरेर बार्षिक लाखौं आम्दानी गर्दै आएको बताईन । उहाँले आफुहरुले उत्पादन गरेको तरकारी घर नजिकै रहेको भारतको कुनौली तथा बेल्ही भन्सार हाटका साथै हनुमानगर र सदरमुकाम राजविराजसम्म पु¥याउने गरेको बताईन ।
यस्तै पुरानो तरिकाबाट तरकारी खेती गर्ने सो समितीलाई वैज्ञानिक तवरले तरकारी खेती गर्नको लागि आवश्यक पर्ने सीपमुलक तालिम कोशी पीडित समाजले प्रदान गरेपछि त्यहाँका महिलाहरु बेमौसमी तरकारी खेति गरेर बार्षिक लाखौं आम्दानी गर्दै आएको सकरपुरा गाविसका सामाजिक परिचालक शिवनाथ यादव शिबुले जानकारी दिनुभयो ।
हाल आएर त्यहाँका महिलाहरु बेमौसमी तरकारी खेतिमा उदाहरणीय बन्न सफल भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ