News Category 2073/07/02
मधेश प्रिमियर लिग क्रिकेट टुर्नामेन्ट प्रहरीद्वारा रोक
दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
एमपीएल दोस्रो सिजनको उद्घाटन खेल मंगलबारदेखी जनकपुरस्थित चुरोट कारखानाको खेल मैदानमा सुरु हुने भनिएपछि सशस्त्र प्रहरीले खेलमा रोक लगाएको छ ।
जनकपुर चुरोट कारखानाको खेल मैदानमा निर्धारण गरिएको सो प्रतियोगिता धनुषा प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धीत सम्पूर्ण निकायले स्विकृती दिएपछि उक्त मैदानको पिच तयार गरिएको थियो । तर आइतबार दिउँसो शसस्त्र प्रहरी बलले खेल मैदानमा गएर माथिको आदेश भनेर एमपीएलमा रोक लगाएको हो ।
एमपीएलका आयोजक संस्था मधेशी इन्जिनियरिङ्ग स्टुडेन्टस् युनियनका अध्यक्ष संजिव यादवले सशस्त्र प्रहरीले अनावश्यक रुपमा एमपीएल रोक्न खोजेको आरोप लगाउनुभयो ।
मधेशका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकासका लागि मधेशी विद्यार्थी तथा विभिन्न संघसंस्थाको प्रयासमा एमपीएल सुरु गरिएको हो ।
एमपीएलमा मधेशका विभिन्न जिल्लाबाट १६ वटा क्रिकेट टीम सहभागी हुने सुनिश्चित भइसकेको छ भने खेल सीट पनि प्रकाशति गरिएको छ । एमपीएल कार्तिक २ गतेदेखि ११ गतेसम्म हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ