News Category 2073/07/02
मधेश प्रिमियर लिग क्रिकेट टुर्नामेन्ट प्रहरीद्वारा रोक
दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
एमपीएल दोस्रो सिजनको उद्घाटन खेल मंगलबारदेखी जनकपुरस्थित चुरोट कारखानाको खेल मैदानमा सुरु हुने भनिएपछि सशस्त्र प्रहरीले खेलमा रोक लगाएको छ ।
जनकपुर चुरोट कारखानाको खेल मैदानमा निर्धारण गरिएको सो प्रतियोगिता धनुषा प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धीत सम्पूर्ण निकायले स्विकृती दिएपछि उक्त मैदानको पिच तयार गरिएको थियो । तर आइतबार दिउँसो शसस्त्र प्रहरी बलले खेल मैदानमा गएर माथिको आदेश भनेर एमपीएलमा रोक लगाएको हो ।
एमपीएलका आयोजक संस्था मधेशी इन्जिनियरिङ्ग स्टुडेन्टस् युनियनका अध्यक्ष संजिव यादवले सशस्त्र प्रहरीले अनावश्यक रुपमा एमपीएल रोक्न खोजेको आरोप लगाउनुभयो ।
मधेशका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकासका लागि मधेशी विद्यार्थी तथा विभिन्न संघसंस्थाको प्रयासमा एमपीएल सुरु गरिएको हो ।
एमपीएलमा मधेशका विभिन्न जिल्लाबाट १६ वटा क्रिकेट टीम सहभागी हुने सुनिश्चित भइसकेको छ भने खेल सीट पनि प्रकाशति गरिएको छ । एमपीएल कार्तिक २ गतेदेखि ११ गतेसम्म हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ