News Category 2073/07/03
सहिद पत्नीद्वारा एमपिएलको दोश्रो सिजन उद्घाटन
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
एमपिएलको दोस्रो सिजनको मंगलबार राजविराजमा दोस्रो मधेश आन्दोलनका शहिद राजिव राउतकी पत्नी निलम देवी राउत र रामकृष्ण राउतकी पत्नी सुदामा देवी राउतबाट संयुक्त रुपमा उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा एमपिएल बोर्डका अध्यक्ष ई. संजिवनारायण यादवले शहिद पत्नीद्वयलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । यसअघि आइतबारदेखी उक्त टुर्नामेन्ट जनकपुरमा सुरु हुने भनिए पनि त्यहा प्रहरीको हस्तक्षेप पश्चात् एमपिएल राजविराजमा मंगलबारदेखी सुरु भएको हो ।
एमपिएल बोर्डका अध्यक्ष ई. संजिवनारायण यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झा, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अशोक यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरी, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य विशेश्वर यादव, स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता डा. वीरेन्द्र प्रसाद यादव, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक अमरनाथ मण्डल, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष समेत रहेका एमपिएल बोर्डका सल्लाहकार श्यामसुन्दर यादवलगायतले मधेशमा खेलको प्रबल सम्भावना रहे पनि राज्य पक्षले उपेक्षा गरेको आरोप लगाउनुभयो ।
उद्घाटन पश्चात् मंगलबार मधेश प्रिमियर लिगको दोस्रो संस्करणको पहिलो खेलमा रौतहटको चपुर क्रिकेट क्लवले सिरहाको क्रिकेट क्लव राइट्सलाई १ सय १० रनको अन्तरले पराजित गरेको छ ।
राजविराजस्थित रंगशालामा संचालित खेलमा रौतहटले टस जिति पहिले व्याटिङ्ग गर्दै १ सय ९५ रन बनाएको थियो । जसमा सुधीर चौधरी ४२, अदिल खान २७ र सञ्जय बस्नेत २९ रन बनाएका थिए । बलिङ्गतर्फ सिरहाको दिपेश २, सुशान्त चौधरी, त्रिदेव झा र राजकुमार दासले १÷१ विकेट लिए ।
१ सय ९६ रनको लक्ष्य प्राप्त गर्न मैदानमा ओर्लेका सिरहाका ब्याट्सम्यानहरु २० ओभरमा ८ विकेट गुमाई ८५ रनमै समेटिएका थिए । बलिङ्गतर्फ रौतहटका सञ्जय बस्नेत, नन्दन यादव र रोशन शर्माले २÷२ विकेट लिए ।
उक्त खेलको म्यान अफ द म्याच सञ्जय बस्नेतलाई राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय महासचिव केशव झाले पुरस्कार प्रदान गर्नुभयो । बुधवार पहिलो खेल वीरगञ्ज र जनकपुर तथा दोस्रो खेल महोत्तरी र धनुषा–११ बीच हुने आयोजक समितिका उपाध्यक्ष पवन दासले जानकारी दिनुभयो ।
प्रतियोगितामा मधेशका विभिन्न २० जिल्लाबाट १६ वटा क्रिकेट टिमको सहभागिता रहने जनाईएको छ । एमपिएलको दोस्रो एमपिएलमा गैरआवासीय मधेशी संघ, मधेशी इन्जिनियरिङ स्टुडेन्ट युनियन र अमेरिकास्थित मधेशी एराउन्ड द वल्र्ड एशोसिएशनलगायत संघसंस्थाले सहयोग गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ