News Category 2073/07/06
राष्ट्रपति भण्डारी आज छिन्नमस्ता मन्दिरमा पुजापाठ गर्न आउँदै
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
राष्ट्रपति विद्या देवी भण्डारी शनिबार मुलुककै प्रसिद्व शक्तिपीठ सप्तरीको छिन्नमस्ता मन्दिरमा दर्शन तथा पुजाआजाको लागि आउदै हुनुहुन्छ ।
राष्ट्रपति भण्डारी मन्दिरको दर्शन गर्न आउने निश्चित् भएपछि यहाँको सुरक्षाका व्यवस्था अत्यन्त कडा पारिएको छ । जिल्लाको सुरक्षा व्यवस्था तीन दिनदेखी उच्च कडा पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी प्रहरीले शनिबार बिहानैदेखि राजविराज छिन्नमस्ता सडक खण्डमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पार्ने जनाएको छ । राष्ट्रपति भण्डारीको सुरक्षाका लागि सदरमुकाम राजविराजदेखि छिन्नमस्ता सखडासम्मको करिब ११ किलोमिटरको सडक खण्डमा आवश्यक्ता अनुसारको उच्च सुरक्षा व्यवस्था पारिनुका साथै चेक पोष्टहरु समेत स्थापना गरेको छ ।
यस्तै राष्ट्रपति भण्डारीको समाचार संकलनका लागि संचारकर्मीहरुका लागि स्थानीय प्रशासनले सहज तरीकाले व्यवस्था गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले दिनुभएको जानकारी अनुसार संचारकर्मीहरुले सम्बन्धित मिडियाको परिचयपत्र सबैले देख्नेगरि झुण्ड्याउनु पर्ने, मन्दिर प्रवेश गरिसकेपछि सम्पूर्ण संचारकर्मीहरु एकैसाथ रहनुपर्ने तथा राष्ट्रपति पुजा गर्न जाँदा वा गरिरहेको बेला २०÷२५ मिटरको दुरीमा तस्बिर खिच्न पाउने छन् ।
यसैबीच राष्ट्रपति भण्डारीको स्वागतमा छिन्नमस्ता शक्तिपिठको रंगरोहनदेखि लिएर पुर्ण सरसफाई गरिएको मन्दिर संरक्षण सम्वद्र्धन समितिका कावा अध्यक्ष राम नारायण यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ