News Category 2073/07/06

दर्ता नगरिएका १३ सिटी सफारी प्रहरी नियन्त्रणमा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक । 
बिना दर्ताको संचालनमा रहेको १३ वटा सिटी सफारीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिई कार्बाही गरेको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले जिल्लाको सदरमुकाम राजविराजमा बिना दर्ता तथा नम्बर प्लेट नलगाई संचालित ती सिटी सफारीलाई नियन्त्रणमा लिई कार्बाही गरिएको हो ।
यस्तै कतिपय सिटी सफारीमा लुकिङ्ग ग्लास समेत नरहेको तथा नाबालकले समेत चलाउँदै गरेको अवस्थामा प्रहरीले एक जना नाबालाक सहित सिटी सफारीलाई नियन्त्रणमा लिई कार्बाही गरिएको प्रहरीले जनाएको छ । 
साथै दर्ता प्रक्रिया पुरा गर्ने सिटी सफारीलाई नियमित रुपमा चेकजाँच गरी कार्बाही गर्ने प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट