News Category 2073/07/08
प्रहरीको अनुशिक्षण तालिम सुरु
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरी कर्मचारीलाई अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष अनुशिक्षण (घुम्ति शिबिर) पहिलो समुहको तालिम आईतबारदेखि राजविराजमा शुरु गरेको छ ।
नेपाल प्रहरी संगठनको ७५ हिस्सा ओगटेको प्रहरी हवल्दार तथा प्रहरी जवानका लागी सो अनुशिक्षण तालिम सुरु गरेको हो ।
उनीहरुलाई प्रशिक्षण केन्द्रमा लगी प्रशिक्षण दिन असम्भव रहेकोले नेपाल प्रहरी संगठनले बिभिन्न उन्नत तालिमहरु कार्यरत स्थलमा नै गराउने उद्देश्य राखी चालु आ.ब. २०७३÷०७४ को बार्षिक तालिम क्यालेण्डर अनुसार जिल्लामा १ सय ३८ जनालाई चार समुहमा बिभाजन गरी तालिम दिलाउने लक्ष्य अनुसार उक्त तालिम शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो तालिमको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेब गौतमले आइतबार उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक संतोष श्रेष्ठले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले तालिमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।
सो तालिममा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत ३४ जना प्रहरी हवल्दार र प्रहरी जवानहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ