News Category 2073/07/08
प्रहरीको अनुशिक्षण तालिम सुरु
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरी कर्मचारीलाई अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष अनुशिक्षण (घुम्ति शिबिर) पहिलो समुहको तालिम आईतबारदेखि राजविराजमा शुरु गरेको छ ।
नेपाल प्रहरी संगठनको ७५ हिस्सा ओगटेको प्रहरी हवल्दार तथा प्रहरी जवानका लागी सो अनुशिक्षण तालिम सुरु गरेको हो ।
उनीहरुलाई प्रशिक्षण केन्द्रमा लगी प्रशिक्षण दिन असम्भव रहेकोले नेपाल प्रहरी संगठनले बिभिन्न उन्नत तालिमहरु कार्यरत स्थलमा नै गराउने उद्देश्य राखी चालु आ.ब. २०७३÷०७४ को बार्षिक तालिम क्यालेण्डर अनुसार जिल्लामा १ सय ३८ जनालाई चार समुहमा बिभाजन गरी तालिम दिलाउने लक्ष्य अनुसार उक्त तालिम शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो तालिमको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेब गौतमले आइतबार उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक संतोष श्रेष्ठले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले तालिमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।
सो तालिममा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत ३४ जना प्रहरी हवल्दार र प्रहरी जवानहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ