News Category 2073/07/10
दिवा खाजाप्रति बालबालिकाहरुको आकर्षण बढ्दै
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
सप्तरीको गम्हरीया प्रवाहा गाविसका बालबालिकाहरुको दिवा खाजाप्रति आकर्षण बढ्दै गएको छ ।
गम्हरीया प्रवाहा गाविस १ स्थित निमावि प्रवाहा विद्यालयका अध्ययनरत बालबालिकाहरुको अहिले दिवा खाजाप्रति आकर्षण बढ्दै गएको हो । सो विद्यालयमा जिल्ला शिक्षा कार्यालय सप्तरीले अघिल्लो वर्ष दिवा खाजा कार्यक्रम संचालनमा ल्याएपछि विद्यालयले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएर हाल आएर दिवा खाजा कार्यक्रमप्रति बालबालिकादेखि स्थानीय अभिभावकहरुको समेत आकर्षणको केन्द्र बन्न पुगेको छ ।
उक्त विद्यालयमा २ सय ५९ छात्रा र १ सय ९३ छात्र गरी कुल ४ सय ५२ जना बालबालिकाहरु अध्ययनरत रहेको तथा टिफिनको समयमा नीजि विद्यालय जस्तै त्यहाँका स्थानीय अभिभावकहरुले दिवा खाजा घरबाट ल्याई दिने गरेका छन् ।
दिवा खाजा विद्यालयमै खाएपछि बालबालिकाहरु टिफिन पछि भाग्ने प्रवृतिमा निकै कमि आएको विद्यालयका प्रअ बलदेव प्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा यस अघि पछिल्ला केही वर्षहरुमा विद्यालयमा दिवा खाजा कार्यक्रम संचालनमा नरहेको समयमा टिफिन पछि न्युन छात्रछात्राहरुको उपस्थिति रहने गरेको थियो, तर हाल आएर दिवा खाजा कार्यक्रम संचालनमा आएपछि टिफिन पछि बालबालिकाहरु भाग्ने क्रम घटेको छ ।
खासगरी टिफिनको बेला स्थानीय अभिभावकहरुको सहयोगमा बालबालिकाहरुले विद्यालयमै बसेर दिवा खाजा खाने गरेको स्थानीय अभिभावक रामदेव साहको भनाई रहेको छ । उहाँका अनुसार यसअघि विद्यालयले दिवा खाजा खुवाएर बालबालिकाहरुलाई दिवा खाजा खुवाउने बानि बसाएपछि अहिले आफुहरुले पनि नीजि विद्यालय जस्तै सामुदायिक विद्यालयहरुमा दिवा खाजा खुवाईने गरेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ